Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

नम्रताको ‘प्रसाद’ हेर्न सँगै पुगे धिरज र जसिता

फिल्मीखबर, काठमाण्डौ, 2019/01/14
पूर्वप्रेम-प्रेमिका हुन् धिरज मगर र जसिता गुरुङ । दुबै फिल्ममा आउनुभन्दा अगाडि केही वर्ष प्रेममा रहेको खबर हालसालै बाहिरिएको थियो । यद्यपि, यस विषयमा दुईले मुख खोलेका भने छैनन् । यो जोडीलाई लिएर 'इन्टु मिन्टु लण्डनमा' फेम्ड निर्देशक रेनशा वान्तवा राई नयाँ फिल्म 'आई एम ट्वान्टिवान' बनाउने तयारीमा छिन् । 
 
 
फिल्ममा धिरज अनुबन्ध भइसकेका छन् भने जसितासँग लगातार निर्देशक राईको छलफल भइरहेको छ । फिल्म 'इन्टु मिन्टु...' को प्रदर्शनका लागि धिरजसँग यतिबेला निर्देशक रेनशा पनि यूकेमा नै छिन् । जसिताले फिल्म साइन गरेपछि उनी नेपाल फर्किने बताइएको छ । 
 
केही हप्ता अगाडि यूकेमा भएको फिल्मको विशेष प्रदर्शनीमा जसिता र धिरज पहिलो पटक क्यामेराको फ्रेममा कैद भएका थिए । जसिताले पूर्व प्रेमीसँग फिल्ममा स्क्रिन साझेदारी गर्ने सम्भावना न्यून रहेको चर्चा चलिरहँदा दुईको संयूक्त तश्बिरले टिमअप हुनसक्ने संकेत देखाएको थियो । 
 
 
यसबीच फेरि एकपटक जसिता र धिरज एउटै फ्रेममा अटेका छन् । गएको शनिबार यूकेमा भएको फिल्म ‘प्रसाद’ को विशेष प्रदर्शनीमा दुबै उपस्थित भएका थिए । साथमा थिइन् निर्देशक रेनशा पनि । नेपालबाट फिल्मकी लिड अभिनेत्री नम्रता श्रेष्ठ पनि पुगेकी थिइन् । चारै जनाले एकसाथ तश्बिर समेत खिचाए ।
 
यसअघि नम्रता, धिरजको डेब्यु फिल्म 'इन्टु मिन्टु लण्डनमा' को प्रिमियरमा अतिथीको रुपमा पुगेकी थिइन् । धिरज र नम्रताको लामो समयदेखि राम्रो चिनजान रहेको बताइन्छ । ‘प्रसाद’ हेरेपछि धिरज, जसिता र रेनशाले नम्रताको अभिनयको मुक्तकण्ठले प्रशंसा गरे भने फिल्मको कथावस्तुले भावुक बनाएको बताएका थिए । 
 
 
यूकेको प्रिन्सेस हलमा भएको फिल्म ‘प्रसाद’ को स्क्रिनिङमा ५ सयभन्दा बढी नेपालीहरुको उपस्थिति रहेको थियो । फिल्म हेरेका सबैले कलाकारको अभिनय र कथावस्तुको प्रशंसा गरेका छन् । रातो रंगको साडीमा पुगेकी नम्रता फिल्मको विशेष प्रदर्शनीमा आकर्षणको केन्द्रविन्दू बनेकी थिइन् । 
Most Visited News (monthly)