Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सञ्जू’ निर्देशक भन्छन्, ‘मेरो साख बर्बाद गर्न खोजियो’

एजेन्सी, मुम्बई, 2019/01/14
चर्चित फिल्म निर्देशक राजकुमार हिरानीले आफूमाथि लागेको 'सेक्सुअल ह्यारेसमेन्ट' को आरोपको बारेमा मुख खोलेका छन् । एक स्टेटमेन्ट जारी गर्दै उनले गएको दुई महिना अगाडि आफूमाथि लागेको उक्त आरोपको बारेमा थाहा पाएपछि अचम्ममा परेको बताएका छन् । 
 
'मुन्ना भाई एमबीबीएस', '३ इडियट्स' 'सञ्जू' र 'पिके' जस्ता बल्कबस्टर फिल्मका निर्देशक राजकुमार हिरानीमाथि उनकी असिस्टेन्ट रहेकी एक महिलाले 'सेक्सुअल ह्यारेसमेन्ट' गरेको आरोप लगाएकी हुन् । फिल्म ‘सञ्जू’ को पोस्ट प्रोडक्सनको क्रममा करीब ६ महिनासम्म आफूमाथि हिरानीले यौन शोषण गरेको उनले बताएकी छन् । 
 
 
यौन शोषणको खबर बाहिर आएपछि हिरानीले आफ्नो पक्षको एक स्टेटमेन्ट जारी गर्दै आफूलाई फसाउन खोजिएको बताएका छन् । उनले आफ्नो बयानमा भनेका छन्, 'ममाथि लागेको आरोपमा सत्यता छैन । त्यो सबै झूट हो । यो दुर्भावनापूर्ण र नोक्सान पुर्‍याउने कहानी हो, जुन एक योजनाअनुसार फैलाइएको छ । मेरो साखलाई बर्बाद गर्ने षड्यन्त्र हो यो ।'
 
कहिलेको हो यो मामला ? 
 
आरोप लगाउने महिला फिल्म ‘सञ्जू’ को बेला राजकुमार हिरानीको असिस्टेन्ट थिइन् । यो मामला त्यसबेलाको हो । महिलाको आरोपका अनुसार, ‘सञ्जू’ को पोस्ट प्रोडक्सनको बेला सबैभन्दा बढी हिरानीले उनीसँग गलत हर्कत गरेका थिए । ६ महिनामा एकभन्दा बढी पटक आफूमाथि 'सेक्सुअल ह्यारेसमेन्ट' भएको उनले निर्धक्क भनेकी छन् । 
 
यो मामला मार्च २०१८ देखि सेप्टेम्बर २०१८ को बीचको हो । आरोप लगाएकी महिलाले भनेकी छिन्, '९ अप्रिल २०१८ मा हिरानीले पहिलो पटक ममाथि सेक्सुअल टिप्पणी गरे र फेरि उनले आफ्नै घरको कार्यालयमा सेक्सुअल ह्यारेसमेन्ट गरे ।' उनले हिरानीलाई आफूले पिता समान सम्झने गरेको पनि बताएकी छिन् । 
Most Visited News (monthly)