Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कुली नम्बर वान’ को रिमेकमा वरुण र सारा

एजेन्सी, मुम्बई, 2019/01/13
वरुण धवन अहिले बलिउडका सर्वाधिक डिमान्डिङ अभिनेता मध्येका एक हुन् । यस्तै न्यूकमर्स एक्ट्रेसेस मध्येकी एक सारा अली खानले पनि आफ्नो दुई फिल्मबाट बक्सअफिसमा सफलताको झण्डा गाड्न सफल भइन् । अब वरुण र सारा अली एकसाथ पर्दामा देखिने भएका छन् । 
 
केही महिना अगाडि साराको डेब्यु फिल्म 'केदारनाथ' र हालै 'सिम्बा' सुपरहिट भयो ।  डिएनएको एक न्यूज रिपोर्टका अनुसार, सारालाई सुपरहिट फिल्म ‘कुली नम्बर वान’ को रिमेकका लागि वरुणको अपोजिटमा कास्ट गरिएको छ । कमेडी जनराकोे मूल फिल्ममा करिश्मा कपूर र गोविन्दा लिड रोलमा थिए । 
 
 
वरुण धवन र सारा अली खानको उक्त फिल्मलाई निर्देशक डेविड धवनले निर्देशन गर्नेछन्, मूल फिल्मको निर्देशन पनि उनैले गरेका थए । द वन इन्टरटेनमेन्टको ब्यानरमा फिल्म बन्न लागेको हो । यो रिमेक फिल्ममा नयाँ जोडीको खोजी भइरहेको थियो र डेविडलाई लाग्यो कि सारा यसका लागि फिट हुन्छिन् । 
 
खबरअनुसार, सारालाई यो फिल्मका लागि उनको पहिलो फिल्म 'केदारनाथ' भन्दा अगाडि नै अप्रोच गरिएको थियो । यो रिमेक फिल्ममा पुरानो कहानीलाई 'मोर्डनाइज' गरेर देखाइनेछ । तर, जहाँ सारा अली खान, करिश्मा कपूरको भूमिका निभाउनेछिन् त्यहाँ खबर यो छ कि उनको भूमिकामा केही बदलाव हुन सक्नेछ ।  
Most Visited News (monthly)