(1).jpg)
भिएफएक्सको काम नसकिएको कारण देखाउँदै फिल्म ‘प्रेमलीला’ टिमले प्रदर्शन मिति फेरबदल गरेको छ । जनक पाण्डे निर्देशित उक्त फिल्मको आउँदो माघ २५ लाई प्रदर्शन मिति घोषणा गरिएको थियो अब फागुन १० मा आउने तय भएको छ ।
निर्मात्री तथा अभिनेत्री दीपशिखा खड्का र वितरक कम्पनीबीच उक्त डेटमा फिल्म ल्याउने नयाँ सम्झौता भएको छ । दीपशिखासँगै भारतीय मोडल अली खानको मुख्य भूमिका रहेको फिल्ममा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तवलगायतको पनि अभिनय छ ।
नायिका खड्काकै कथा, पटकथा तथा संवाद रहेको फिल्मलाई नानीमैया कार्की र फैजिल फिल्म्सले निर्माण गरेको हो । फिल्मले अन्तर्देशीय प्रेमकथा वाचन गरेको छ । फिल्ममा पबन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको छ ।
फिल्मको फर्स्टलुक र दुई गीत सार्वजनिक भइसकेको छ भने भने ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारीमा निर्माण टिम छ । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राई, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।

