नेपाली फिल्मकी सदाबहार अभिनेत्री जल शाहकी आमा तथा नेपाली साहित्यकी सशक्त नारी हस्ताक्षर स्व. प्रेमा शाहको जीवनीमा आधारित 'सम्झनामा प्रेमा शाह' नामक डकुमेन्ट्री सार्वजनिक गरिएको छ । बायोपिक डकुमेन्ट्रीमा शाहको जीवनका उचारचढावलाई समेटिएको छ ।

साहित्यकार नरेन्द्रराज प्रसाइँको आलेख, राजन काफ्लेको छायांकन, सुरेश दर्पण पोखरेलको निर्माण संयोजन रहेको उक्त डकुमेन्ट्रीमा नेपाली साहित्यका मुर्धन्य व्यक्तित्वहरुले स्व. प्रेमा शाहको जीवन र लेखनका बारे राखेका धारणाहरुलाई प्रस्तुत गरिएको छ ।
सन् २००१ सालमा विरगञ्जको श्रीपुरमा जन्मिएकी प्रेमा 'आऊ मलाई सम्भोग गर' कविता लेखेपछि सहासी महिला साहित्कारका रूपमा साहित्य क्षत्रेमा उदाएकी थिइन् भने एउटै सम्भोग नामक कथा लेखेपश्चात् उनको चर्चा चुलिएको थियो । उनीद्वारा लिखित 'पहेंलो गुलाब' निकै रुचाइएको कथा संग्रहमा पर्दछ ।
यस्तै, कथा संग्रह 'विषायान्तर', लघु उपन्यास 'ममी', संयुक्त लेखन उपन्यास 'आकाश विभाजित छ', हिन्दी नाटक 'चित्रङदा' को नेपाली अनुवाद, बाल कथाहरू 'मन्टुकी बजैको कथाको पेटारो', 'जिंकी' र 'जोकर', 'इन्द्रधनुष रंगीचंगी' कथाहरू, 'राम्रो काम' लेखेकी प्रेमाका बाल उपन्यासहरू 'मनु' र 'भँगेरा', 'आनन्दको आविष्कार' लगायत प्रकाशित कृति हुन् ।
उनको गत वर्ष पुस ५ गते उपचारका क्रममा अमेरिकाको साल्टलेक सिटी अस्पतालमा निधन भएको थियो । उनी केही समयदेखि छोरी जलका साथ अमेरिका बस्दै आएकी थिइन् । केही हप्ता अगाडि अभिनेत्री शाहले राजधानीमा एक कार्यक्रमका बीच आमाको प्रथम स्मृती दिवसको अवसरमा स्मृति सभा आयोजना गरेकी थिइन् ।
स्व. प्रेमा शाहको बायोपिक डकुमेन्ट्री :-

