‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीतका कारण चर्चामा रहेको फिल्म ‘रणवीर’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलर ‘फुल एक्सन प्याक्ड’ छ । अभिनेता द्वय प्रशान्त ताम्राकार र सुशील सिटौला बीचको घमासान लडाइँलाई जबरजस्त रुपमा देखाइएको छ । ट्रेलरमा प्रेम, मित्रता, बदला, हाँसो, रोदन सबै कुरा मिश्रित छ ।

एक्सन फिल्म रुचाउने दर्शकका लागि ‘रणवीर’ गतिलो खुराक हुनसक्ने ट्रेलरबाट अनुमान काट्न सकिन्छ । प्रशान्त र शुशील दुवै ‘एंग्री योङ्ग म्यान’ को रुपमा प्रस्तुत छन् । डेब्यु गर्ल शुभेच्छा खड्का र सुपुष्पा भट्टलाई फिल्ममा शुशीलको प्रेमिकाको रोलमा कास्ट गरिएको छ । ट्रेलरमा दुवैले पर्याप्य 'स्क्रिन स्पेस' पाएका छन् ।
.jpg)
माघ १८ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद निर्देशक गोविन्द सिंह भण्डारीको छ । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडी, भोलाराज सापकोटालगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ ।

महँगो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । निर्माता द्वय फिल्मलाई स्तरिय बनाउन लगानीमा कुनै 'कम्प्रमाइज' नगरेको बताउँछन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ ।

शुक्रवार राजधानीमा आयोजित ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै निर्देशक भण्डारीले फिल्मलाई उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराखेको बताए । 'फिल्म हेरिरहँदा दर्शकलाई कहिँ कतै दिक्क लाग्ने छैन', उनले दाबी गरे । उनको ‘रणवीर’ डेब्यु निर्देशित फिल्म हो ।
ट्रेलर हेर्नुहोस् :-

