Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.50/5.00)
Text size:-
+
-

हलमा सन्तोषको ‘चौका दाउ’ र निखिलको ‘भिलेन’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/11
गएको तीन हप्तादेखि बलिउडका दुई ठूला फिल्म ‘जिरो’ र ‘सिम्बा’ को डरले नाम सुनेका नेपाली फिल्म कुनै प्रदर्शनमा आएनन् । तीन हप्ता नेपाली हलमा बलिउड फिल्मले आफ्नो वर्चश्व जमाएपछि यस हप्ता भने एक कमेडी र एक एक्सन नेपाली फिल्मको भिडन्त सुरु भएको छ । 
 
खडेरी लागेको फिल्मको व्यापार चलायमान बनाउन यस हप्ताका लागि पुणेन्द्रु झा निर्देशित फिल्म ‘चौका दाउ’ र देवेन्द्र पाण्डेको ‘भिलेन’ ले एकसाथ प्रदर्शन आरम्भ गरेका छन् । विल्कुलै फरक जनरामा निर्माण भएका कारण दुई फिल्मलाई भिडन्तको असर नपर्ने फिल्मी पण्डितहरुको विश्लेषण छ । 
 
 
एक्सन स्टार निखिल उप्रेतीको लिड रोल रहेको ‘भिलेन’ मा शिल्पा पोखरेल, कपिल खत्री, निशा अधिकारीलगायतका कलाकारहरुको पनि अभिनय छ । कपिल स्वयंले फिल्म निर्माण गरेका हुन् । फिल्ममा तराई र पहाडको प्रेमको द्वन्द्वत्मक कथालाई देखाइएको छ । 
 
गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि पर्दामा नदेखिएका निखिलका फ्यानका लागि यो फिल्म लामो समयदेखि प्रतिक्षामा थियो । उनको एक्सनको भोका फ्यानलाई ‘भिलेन’ ले केही हदसम्म भए पनि सन्तुष्टि दिने विश्वास निर्माण टिमको छ । यो फिल्मले 'सिंगल स्कृन' राम्रो हात पारेको छ । 
 
यसअघि ‘संरक्षण’ निर्देशन गरेर वाहवाही बटुलेका पुणेन्द्रुले ‘चौका दाउ’ मा चार अधबैंसे पुरुषको युवती प्रेम प्रस्तुत गरेका छन् । फिल्ममा सन्तोष पन्त, विल्सन विक्रम राई, रविन्द्र झा, तैयव शाह छन् भने उर्वशीको भूमिकामा अभिनेत्री वर्षा राउत छिन् । ‘चौका दाउ’ को कथा बरिष्ठ संगीतकार तथा गायक शम्भुजीत बाँस्कोटाको हो । 
 
दिर्घ गुरुङले खिचेको फिल्ममा मित्र डि.गुरुङको सम्पादन रहेको छ । सौर्यजित बाँस्कोटा र मनोज राजभण्डारीको निर्माण रहेको फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, बसन्त श्रेष्ठ र भिमफेदी गाइजको कोरियोग्राफी, श्रीकृष्ण श्रेष्ठको भिएफएक्स, अभिमन्यू निरवीको स्क्रिनप्ले छ । 
Most Visited News (monthly)