Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मनोजको सुझावः ‘भ्रष्टाचारको समाधान प्रेमभित्र खोजौं’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/10
मनोज गजुरेल मञ्चमा उट्पट्याङ मात्रै गर्दैनन्, रेडियो पत्रपत्रिकामार्फत् चोटिलो व्यङ्ग्यबाण पनि हान्छन् । अब उनी फिल्ममार्फत् देशमा व्याप्त भ्रष्टाचारविरुद्धको आवाज उठाउँदैछन् । उनको डेब्यु फिल्म ‘सयकडा दश’ माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यो फिल्ममा उनी रियलझैं हास्यव्यंग्य कलाकारकै भूमिकामा प्रस्तुत छन् । 
 
 
भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा फिल्मले भन्छ । ‘भ्रष्टाचार रोक्न प्रेम जरुरी छ’, उनले पत्रकारसँग एक भेटमा भने । मनोजले राजनीतिभन्दा प्रेम भ्रष्टाचारविरुद्ध प्रभावकारी औषधि हुने बताए । भ्रष्टाचारको समाधान दीर्घकालिनरुपमा राजनीतिभन्दा प्रेमभित्र खोजिनुपर्ने उनको तर्क छ । 
 
 
उनले फिल्मलाई कला र मनोरञ्जनभन्दा समाजको रुपान्तरणका लागि प्रयोग गर्नुपर्ने खाँचो औंल्याए । निर्माता एवं अभिनेता राजाराम पौडेलले आफ्ना लागि पैसाभन्दा कलाले अर्थ राख्ने बताए । ‘दुई सय जति फिल्म गरेँ होला, केही अझै रिलिज हुन बाँकी छन् । मेरा लागि ‘सयकडा दश’ सर्वोत्कृष्ट हो,’ उनल भने । उनी यस फिल्मलाई 'राष्ट्रिय फिल्म' भन्न रुचाउँछन् । 
 
 
अभिनेत्री करुणा श्रेष्ठ र अभिनेता अमृत ढुंगानाले चरित्र चित्रणबारे चर्चा गरे । ‘गरेजति फिल्ममा मैले पात्र र शैलीमा नयाँपन पस्कने प्रयास गरेको हुन्छु’, ढुंगानाले भने । डेब्यु गर्ल श्रेष्ठको भनाइमा ‘सयकडा दश’ फिल्म–मेकिङ सिक्ने पाठशाला पनि हो । निर्देशक रामशरण पाठकले रिलिज अगाडि प्राप्त प्रिभ्यूले उत्साहित भएको बताए । 
 
 
'प्रेमगीत २' निर्देशन गरिसकेका उनी भन्छन, ‘गीत र ट्रेलरले दिलाएको सुखद 'फिडब्याक' ले खुसी अवश्य छु ।’ फिल्मलाई दर्शन नेपाल क्रिएसनले निर्माण गरेको हो । अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको पनि यसमा अभिनय छ । फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् ।
Most Visited News (monthly)