Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ जस्ता फिल्म गर्न सधैं ‘रेडी’ छु : सुरक्षा

फिल्मीखबर, काठमाण्डौ, 2019/01/10
अभिनेत्री सुरक्षा पन्त मौखिक फिल्म गर्न बढी रुचाउँछिन् । एक उदाहरणको रुपमा ‘धनपति’ लाई लिन सकिन्छ । 'सुस्केरा' बाट लिड रोलमा डेब्यु गरेपनि उक्त फिल्मको अझै रिलिजको कुनै टुंगो लागेको छैन । बरु, उनले त्यसपछि गरेका फिल्महरु लगातार पर्दामा आइरहेका छन् । आउँदो माघ १८ मा उनी अभिनीत फिल्म ‘गोपी’ रिलिज हुँदैछ । 
 
 
यो फिल्ममा उनी सोलो हिरोइनको रुपमा छैनन् । अभिनेत्री वर्षा राउत पनि छिन् । अभिनेता विपिन कार्की टाइटल क्यारेक्टरमा छन् । सुरक्षाले विपिनको प्रेमिकाको भूमिका निभाएकी छन् । यसअघि यो फिल्ममा उनले ‘धनपति’ जोडी खगेन्द्र लामिछानेसँग काम गर्ने तय भएको थियो । 
 
फ्लोरमा निस्कनुभन्दा केही दिन अगाडि उनले हात झिकेपछि विपिन भित्रिएका हुन् । फिल्ममा उनी भित्रनुको प्रमुख कारण सुरक्षा नै हुन् । उनले विपिनको नाम सिफारिस गरेपछि टिमले कुरा अगाडि बढेको थियो । साथै, अभिनेत्री वर्षा सिवाकोटीले पनि यो फिल्म छाडेकी थिइन् र उनको ठाउँमा वर्षा राउत भित्रिएकी हुन् । 
 
फ्लोरमा जानुभन्दा अगाडि नै कलाकार 'इन' र 'आउट' का कारण चर्चामा रहेको ‘गोपी’ लाई प्रत्यक्ष दर्शक र टिमको एक सदस्यको रुपमा सुरुवातदेखि नै अवलोकन गर्दै आएकी थिइन् सुरक्षाले । बिहीवार पत्रकारसँगको एक भेटमा फिल्म बनाउनु भनेको गाई पाल्नुभन्दा कम सघर्षपूर्ण नहुने उनले सुनाइन् । 
 
 
‘गोपी’ टिमले सुरुवाती अवस्थादेखि अहिलेसम्म सामना गर्नु परेको संघर्ष फिल्मको कथावस्तुसँग लगभग मिल्दोजुल्दो रहेको बताउँदै सुरक्षा भन्छिन्, ‘फिल्म बनाउन गर्नुपर्ने आर्थिक संघर्ष, मानसिक तनाव, अरुले विश्वास नगर्ने, कति छुटिने त कति जोडिने कुराहरु गाई पाल्ने व्यक्तिको जीवनसँग यदाकदा सम्बन्धित हुँदो रहेछ ।’  
 
उनी आफू ‘गोपी’ जस्ता फिल्मको लोभी रहेको पनि बताइन् । उनी मौलिक विषयमा बन्ने फिल्म गर्न आफू सधैं तयार हुने बताउँछिन् । उनी भन्छिन्, ‘म फिल्म क्षेत्रमा आउनुको कारण के थियो त्यो अझै खोजिरहेको छु । त्यो उद्देश्य चाहिँ ‘गोपी’ जस्तै फिल्म गर्नका लागि रहेछ कि भन्ने महशुस गरिरहेको छु ।’ 
 
 
सीमित बजेट र नयाँ निर्माता तथा निर्देशक ‘गोपी’ जस्तै मौलिक फिल्म बनाउने सोचमा भए आफू काम गर्न तयार रहेको उनले बताइन् । उनी भन्छिन्, ‘यस्ता फिल्म बनाउँदै हुनुहुन्छ भने मलाई सम्झिँदा हुन्छ । म सधैं 'रेडी' छु ।’ कलाकारले कहिले स्क्रिप्ट त कहिले पैसा हेरेर पनि काम गर्नु पर्ने उनको भनाइ छ ।
Most Visited News (monthly)