Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

आर्यनलाई लिएर कमेडी फिल्म बनाउँदै साम्तेन

फिल्मीखबर, काठमाण्डौ, 2019/01/10
निर्देशक साम्तेन भुटियाको नयाँ प्रोजेक्टमा चकलेटी ब्वाई आर्यन सिग्देल अनुबन्ध भएका छन् । फागुनबाट छायांकन सुरु हुने अनटाइटल प्रोजेक्ट कमेडी जनरामा निर्माण हुने बताइएको छ । इमोसनल, थ्रिलर जनराको फिल्म निर्देशन गर्दै आएका साम्तेन पहिलो पटक कमर्शियल फिल्म बनाउन लागेका हुन् । 
 
फिल्मीखबरसँग कुराकानी गर्दै साम्तेनले आर्यनभित्र लुकेको एउटा पाटो फिल्ममा देखाउन लागेको बताए । उनी भन्छन्, 'आर्यनलाई प्रायः लभर ब्वाईको भूमिकामा देखिँदै आएको हो । तर, आर्यनको खासै नदेखेको पाटो कमेडी हो, त्यो जुन पनि फिल्ममा निकै थोरै आउँछ । यसमा भरपूर हुनेछ ।' 
 
 
फिल्मलाई 'जस्टिफाइ' गर्ने हुँदा आर्यन रोजिएको उनी बताउँछन् । फिल्मको अर्को हप्ता औपचारिक निर्माण घोषणा गर्ने तयारीमा रहेका साम्तेनले हाल स्क्रिप्टमा काम भइरहेको बताए । फिल्ममा आर्यनको अपोजिटमा नायिका भने फाइनल गरिएको छैन । निर्देशक भुटिया अहिले नायिकाको खोजी रहेका छन् । 
 
उनले फिल्ममा हिरोइन नयाँ वा अहिले मार्केटमा चलेका जो पनि हुनसक्ने बताए । फिल्ममा आर्यनसँगै कलाकार भोलाराज सापकोटा पनि अनुबन्ध भइसकेका छन् । फिल्म दुईकै वरिपरि घुम्नेछ । आर्यन अचेल विकासराज आचार्यको फिल्म 'हजार जुनीसम्म' मा व्यस्त छन् । हाल सिक्किममा रहेका उनी केही दिनमा काठमाडौं फिर्दैछन् ।
 
किरण दाहाल र सन्देश अर्यालको कथामा आधारित भएर निर्माण हुन लागेको फिल्ममा आर्यनलाई चित्त बुझ्दो पारिश्रमिक दिएर साइन गराएको निर्देशक भुटियाले बताए । उनी निर्देशित नयाँ फिल्म ‘अनागत’ माघ ११ मा रिलिज हुँदैछ । उनको डेब्यु फिल्म 'लेटर' थियो भने गएको वर्ष 'तान्द्रो' रिलिज भएको थियो । 
Most Visited News (monthly)