Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालअघि हङकङ हुइँकिँदै अनुपको ‘पुरानो बुलेट’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/09
खलपात्रमा सर्वाधिक रुचाइएका अनुपविक्रम शाही स्टारर फिल्म ‘पुरानो बुलेट’ नेपालअघि हङकङ हुइँकिने भएको छ । नेपालमा चैत १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म हङकङमा पहिलो प्रदर्शनी हुने निर्माण टिमले बताएको छ । 
 
निर्देशक भिषण राईले फिल्मको वर्ल्ड प्रिमियर हङकङमा निश्चित भएको जनाए । आगामी फेब्रूअरी  २३ तारिखको साँझ ६ बजे हङकङको याउमातेई स्थित कम्युनिटी हलमा फिल्मको पहिलो प्रदर्शनी हुनेछ । 
 
 
हेल्प फर ह्युमिनिटी (न्यानो काख अभियान) सहयोगार्थ प्रर्दशन हुने फिल्मको पहिलो प्रदर्शनीमा डोनेसन गर्न चाहनेहरुबाट सङ्कलित रकम उक्त अभियानमा उलपब्ध गराइनेछ । 
 
अनोज रोका, मज्जाको राई, विजय लिम्बु, सरु राई र सुनिता लिम्बुले पुरानो बुलेट प्रिमियरको जिम्मा लिएका छन् । पुर्वेली टिपिकल कथामा निर्माण भएको फिल्ममा अनुपबिक्रमसँगै बर्षा शिवाकोटी र माला लिम्बु लिड अभिनयमा छन् । 
 
कविता आले, कृष्णभक्त महर्जन, शिरोमणी दवाडीलगायतका कलाकारहरुको पनि अभिनय फिल्ममा छ । सन्तोष राई कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा अशोककुमार राई, विरेन साम्बा, टिकाराम राई, दिपेन लिम्बु छन् । 
 
हाल पोष्ट प्रोडक्सनमा रहेको फिल्म हरि घलेले खिचेका हुन् । लामो समयको रंग पत्रकारिता र फिल्म समिक्षामा खारिएको अनुभव फिल्म निर्देशनमा खर्चिएको निर्देशक राईले बताए । 
Most Visited News (monthly)