Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

शुशीलको शुभेच्छा र सुपुष्पासँग प्रेम, प्रशान्तसँग दुश्मनी

फिल्मीखबर, काठमाण्डौ, 2019/01/09
‘तिरिमिरी तिरिमिरी तीन तारा’ गीतले यतिबेला फिल्म ‘रणवीर’ को लोभलाग्दो हाइप निर्माण गरेको छ । गएको महिना सार्वजनिक भएको टिजरले भने दर्शकमा फिल्मप्रति कौतुहलता बढाएको छ । यसबीच फिल्मको केही पोस्टरहरु सार्वजनिक भएको छ । पोस्टरमा फिल्मका लिड कलाकारहरु शुशील सिटौला, शुभेच्छा खड्का र सुपुष्पा भट्ट प्रस्तुत छन् ।
 
पोस्टरले दुई अभिनेत्रीसँग शुशीलको प्रेमभाव बोल्छ । एक पोस्टरमा भने प्रशान्त ताम्राकार पनि देखिएका छन् । फिल्ममा प्रशान्त र शुशील आमने-सामने भएका छन् । अर्थात्, प्रशान्त भिलेनको भूमिकामा छन् । फिल्मको कथावस्तु अनुसार नै पोस्टर तयार गरिएको निर्देशन गोविन्द सिंह भण्डारीले बताए । 
 
 
यो फिल्म माघ १८ बाट रिलिज हुँदैछ । फिल्म ‘रणवीर’ मा कथा, पटकथा, संवाद पनि निर्देशक भण्डारीकै छ । फिल्ममा रवि गिरी, नरेश पौडेल, हरिहर शर्मा, टिका पहाडीलगायतका कलाकारको पनि अभिनय रहेको छ । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन र चन्द्र पन्तको द्वन्द्व छ ।
 
महँगो बजेटमा तयार भएको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । निर्माता द्वय फिल्मलाई स्तरिय बनाउन लगानीमा कुनै 'कम्प्रमाइज' नगरेको बताउँछन् । फिल्ममा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द, रामजी लामिछाने र सुरेन्द्र बसेलको कोरियोग्राफी छ । 
 
एक गीतमा बाबु श्रेष्ठको छायांकन रहेको फिल्मको ट्रेलर साहिल खानले तयार गरेका हुन् । शुभेच्छा र सुपुष्पाले यही फिल्ममार्फत् अभिनयमा डेब्यु गरेका हुन् । दुबै फिल्मलाई लिएर निकै आशावादी देखिएका छन् । फिल्ममा माया, मित्रता र बदलाको कथालाई प्रस्तुत गरिएको छ ।
Most Visited News (monthly)