Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ टिमलाई भेटेर गोकर्ण विष्टले के भने ?

फिल्मीखबर, काठमाण्डौ, 2019/01/09
स्वेदशमै गाई पालन गरेर बसेको एक युवकको संघर्ष र सफलताको कथा वाचन गर्ने फिल्म ‘गोपी’ टिमसँग श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयको कार्यकक्षमा मंगलबार उनले फिल्मका कलाकार निर्माता तथा निर्देशकलाई भेट गरे । 
 
 
मन्त्री विष्टसँगको भेटघाटमा फिल्मका मुख्य कलाकार विपिन कार्की, सुरक्षा पन्तसँगै निर्देशक दीपेन्द्र लामा, निर्माता मणिकर्ण केसी, कार्यकारी निर्माता श्रीधर पौडेल र लेखक सामीप्यराज तिमल्सेना सहभागी थिए । उक्त भेटमा मन्त्री विष्टले फिल्मको ट्रेलरले आफूलाई उत्सुक बनाएको बताएका थिए । 
 
‘चाह्यो भने देशमै पनि धेरै कुरा गर्न सकिन्छ भन्ने फिल्मको विषय रहेछ । अहिले सरकारले पनि स्वरोजगार र स्वावलम्बनको कुरालाई प्राथमितामा राखेको छ । सरकारको धारणालाई फिल्मले समेटेको देख्दा एकदमै खुशी लाग्यो,’ मन्त्री विष्टले भने, ‘फिल्मप्रति श्रम मन्त्रालय र व्यक्तिगत रुपमा मेरो पनि नैतिक समर्थन र ऐक्यवद्धता छ ।’ 
 
मन्त्री विष्टले आफूले यदाकदा नेपाली फिल्म हेर्न गरेको भए पनि मौलिक फिल्म कमै बन्ने गरेको कुरासँग आफू अवगत भएको बताउँदै नीतिगत रुपमै मौलिक फिल्मलाई प्रवर्द्धन गर्ने कुरा सरकारसँग राख्ने उनले आश्वासन दिए । भेटघाटका क्रममा उनले फिल्मको बजेट र सुटिङ सम्बन्धी जिज्ञासा पनि राखेका थिए । 
 
 
निर्देशक दीपेन्द्र लामाले श्रममन्त्रीले फिल्मप्रति देखाएको चासोले आफू र आफ्नो टिमलाई हौसला मिलेको बताए । उनले भने, ‘हाम्रो काममा मन्त्रीको नजर परेकोमा हामीलाई हामी आफ्नो उद्देश्यमा धेरधोर भए पनि सफल भएको महसुस भएको छ ।’ 
 
लेखक सामीप्यराज तिमल्सेनाले फिल्मले कृषिकर्म गर्ने लाखौं किसानको मुद्दालाई समेट्ने बताउँदै फिल्मले देश छाड्न चाहाने युवालाई फरक तरिकाले सोच्न प्रेरित गर्ने बताए । यस फिल्ममा बर्षा राउत पनि लिड रोलमा छिन् । फिल्म माघ १८ मा रिलिज हुँदैछ । 
Most Visited News (monthly)