Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रामशरणलाई ‘प्रेमगीत ३’ बाट बाहिरिएको पत्तै छैन !

फिल्मीखबर, काठमाण्डौ, 2019/01/08
'स्क्रिप्ट राइटर' को रुपमा स्थापित नाम हो, रामशरण पाठक । उनले आफूलाई सफल निर्देशकको रुपमा पनि भ्याइसकेका छन् । सुदर्शन थापा निर्देशित फिल्म ‘प्रेमगीत’ रामशरणको कथामा आधारित भएर निर्माण भएको थियो । यो फिल्मको दोस्रो सिरिज भने उनी स्वयंले निर्देशन गरे र कथा पनि उनकै थियो । 
 
 
अब यो फिल्मको तेस्रो सिरिज निर्माण हुँदैछ । अर्को वर्षको माघबाट फिल्मको छायांकन सुरु हुँदैछ । ‘प्रेमगीत’ बाट स्टारको रुपमा उदाएका प्रदीप तेस्रो सिरिजमा पनि देखिँदैछन् । उनकै व्यस्तताका कारण अर्को वर्षबाट फिल्मको छायांकन हुन लागेको हो । फिल्मलाई सन्तोष सेन बनाउँदैछन् । निर्देशक भने फेरि नयाँ चयन गरिएको छ ।
 
चर्चित स्क्रिप्ट राइटर तथा निर्देशक छेतन गुरुङले फिल्म निर्देशन गर्ने पक्का भइसकेको छ । अहिले फिल्मको कथामा काम भइरहेको छ । तर, पहिलो भागको आफैंले कथा लेखेका तथा दोस्रो सिरिज आफैंले निर्देशन गरेका रामशरणलाई भने ‘प्रेमगीत ३’ बाट आफू बाहिरिएको अत्तोपत्तो रहेनछ । 
 
माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको नयाँ फिल्म ‘सयकडा दश’ को प्रचारमा व्यस्त उनले ‘प्रेमगीत ३’ कसले निर्देशन गर्दैछ भन्ने कुरा जानकारीमा नभएको बताए । केही समयदेखि निर्माता सन्तोष सेन र अभिनेता प्रदीपसँग उनको खासै राम्रो सम्बन्ध नभएको सिनेवृतमा चर्चा छ । ‘प्रेमगीत ३’ बाट उनी बाहिरिनुको कारण यसैलाई  मानिएको छ । 
 
छेतन गुरुङले निर्देशन गर्दै हुनुहुन्छ नी ? भन्ने पत्रकारको प्रश्नमा उनी भन्छन्, ‘ए होर ? मलाई त्यो कुरा चाहिँ जानकारीमा भएन । तर, उहाँ एक प्रतिभावान लेखक तथा निर्देशक हुनुहुन्छ । यदी छेतन जीले निर्देशन गर्दै हुनुहुन्छ भने शुभकामना छ ।’ उनले निर्माता सेन र अभिनेता प्रदीपसँग सम्बन्ध चिसिएको कुराको पनि खण्डन गरे । 
 
 
‘सन्तोष जीसँग मेरो सम्बन्ध विग्रनुको कुनै कारण छैन । हाम्रो सम्बन्धमा कुनै तिक्तता आएको छैन । पहिला जस्तो छ अहिले पनि त्यस्तै छ’, उनले प्रदीपबारे अगाडि भने, ‘प्रदीप मेरो प्यारो भाई हो । उसलाई म 'स्टार' हुनुभन्दा अगाडिदेखि नै चिन्छु । उससँग सम्बन्ध विग्रनुको त झन् कुनै कारण नै छैन ।’ 
 
तर, निर्देशक रामशरणको कुरामा विश्वास गर्ने ठाउँ छैन । सम्बन्ध चिसिएको पनि छैन भन्ने अनि उनले आफूले निर्देशन गरेको फिल्मको नयाँ सिरिजमा नयाँ निर्देशक भित्रिएको जानकारी पनि छैन भन्नु पत्याउन गाह्रो छ । उनले झुट बोले वा सत्य ? त्यो त उनी नै जान्दछन् । यद्यपि, ‘प्रेमगीत’ टिमसँग उनको सम्बन्ध चिसिएको उनकै कुराबाट पनि धेरथोर अनुमान लगाउन भने सकिन्छ । 
Most Visited News (monthly)