Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

एउटै फ्रेममा सिंघम, स‍िम्बा र सूर्यवंशी

फिल्मीखबर, काठमाण्डौ, 2019/01/08
रोह‍ित शेट्टीको निर्देशनमा बनेको फिल्म ‘सिम्बा’ ले यतिबेला बक्सअफिसमा आक्रामक कमाई गरिरहेको छ । प्रदर्शनको ११ दिनमा १९६ करोड कमाएको फिल्म मंगलवारको कलेक्सनसँगै २ सय करोडमा प्रवेश गर्दैछ । सोमवार फिल्मको सक्सेस पार्टी निर्माता करण जोहरको घरमा गरियो ।
 
 
उक्त पार्टीमा पहिलो पटक रोह‍ित शेट्टीसँग रणवीर सिंह, अजय देवगन र अक्षय कुमार एक फ्रेममा देखिएका छन् । रोह‍ितका लागि फिल्म ‘सिम्बा’ निकै खास रहेको छ । उनले हालै एक अन्तर्वार्तामा आफूले यो स्थान बनाउन सफल हुनुको श्रेय अजय देवगन रहेको बताएका थिए ।
 
 
फिल्म ‘सिम्बा’ मा पनि अजयको 'स‍िंघम' स्टाइल इन्ट्री फ्यानलाई निकै मन परेको थियो ।  ‘सिम्बा’ पछि रोह‍ित शेट्टीको नयाँ प्रोजेक्ट 'सूर्यवंशी' हो । यो फिल्ममा अभिनेता अक्षय कुमार लिड रोलमा छन् । ‘सिम्बा’ को सक्सेस पार्टीमा अक्षयले जमेर रमाइलो गरेका थिए । 
 
 
पार्टीमा रणवीर स‍िंहले सि‍म्बा स्टाइलमा इन्ट्री लिए । सारा अली खान बलिउडमा आफ्नो दोस्रो फिल्मको सफलताबाट निकै खुसी देखिएकी थिइन् । पार्टीमा अभिनेत्री द्वय काजोल देवगन र दीप‍िका पादुकोण स्पेसल गेस्ट बनेर पुगेका थिए । 
Most Visited News (monthly)