Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्पणको ‘घर’ मा सुरक्षापछि बेनिशाको प्रवेश

फिल्मीखबर, काठमाडौं, 2019/01/08
 
चाँडै ‘टुल्की’ फिल्ममा पाँच श्रीमानको श्रीमतीको भूमिका निभाउन लागेकी अभिनेत्री बेनिशा हमाल अर्को एक नयाँ फिल्ममा अनुबन्ध भएकी छिन् । ‘ब्ल्याइन्ड रक्स’ पछि पर्दामा देखिइएकी उनी अर्पण थापाले निर्देशन गर्ने फिल्म ‘घर’ मा भित्रिएकी छन् ।
 
फिल्ममा दुई अभिनेत्रीको प्रमुख भूमिका रहनेछ । केही दिन अगाडि मात्र अभिनेत्री सुरक्षा पन्त पनि उक्त फिल्ममा अनुबन्ध भएकी थिइन् । यस फिल्ममा निर्देशक अर्पण स्वयं प्रमुख भूमिकामा रहनेछन् । 
 
फिल्म हरर जानरामा निर्माण हुन लागेको हो । 'आधा लभ' र 'मुखौटा' निर्देशन गरिसकेका अर्पण निर्देशित फिल्म 'सुनकेसरी' पनि हरर जानराकै थियो । ‘घर’ लाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । 
 
शर्मिलालाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । फिल्मको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ । फिल्मले दर्शकलाई पूर्ण रुपमा तर्साउने निर्देशक थापाको भनाई छ । फिल्मको कथा उनकै हो ।
Most Visited News (monthly)