Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘न्यूडिटी’ लाई व्यूटी मान्छिन् ‘समर लभ’ की रेवती

फिल्मीखबर, काठमाण्डौ, 2019/01/08
नेपाली फिल्मका लागि विल्कुलै नयाँ अनुहार हुन्, रेवती क्षेत्री । केही भारतीय फिल्ममा अभिनय गरिसकेकी उनले चर्चित पुस्तक ‘समर लभ’ मा आधारित भएर निर्माण भएको फिल्मबाट नेपाली फिल्ममा डेब्यु गर्दैछिन् । यसमा उनी सायाको भूमिकामा छिन् । मुस्कान ढकालले निर्देशन गरेको फिल्ममा अतितको भूमिकामा आशिष पिया छन् । 
 
फिल्म माघ २५ गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको सोमवारमात्र अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अतित र साया बीचको 'लभ जर्नी' देखाइएको छ । फिल्ममा रेवतीले 'न्यूड सिन' दिएकी छन्, जुन टिजर र ट्रेलरमा पनि प्राथमिकताका साथ राखिएको छ । जबकि, पुस्तकमा साया 'न्यूड' भएर 'बाथटप' मा नुहाइरहेको उल्लेख गरिएको छैन । 
 
 
पुस्तकमै नभएको कुरा किन राखियो त फिल्ममा ? कसको माग थियो ? यसको जवाफ निर्देशक ढकालले दिए । उनले पुस्तकमा उल्लेख नभए पनि दर्शकलाई 'मोनोटोनस' नहोस् भनेर केही फरक गरेको बताए । उनी भन्छन्, 'भिजुअल राम्रो होस् भन्ने उद्देश्य पनि हो । तर, 'न्यूड सिन' लाई हामीले 'भल्गर' रुपमा प्रस्तुत गरेका छौं । कलात्मक छ ।' 
 
उनका अनुसार, अतितले बिहे दर्ताको प्रमाणपत्र, साडीहरु सबै जलाएपछि नर्वेमा बसेकी साया आफूलाई सम्हाल्न नसकेर 'बाथटप' मा न्यूड भएर रुन्छिन् । फिल्ममा न्यूड सिन आउँदा आँखा चिम्लनु नपर्ने उनी बताउँछन् । 'नर्वे बस्ने केटी हो साया । त्यहाँ सबै बाथपटमा नै नुहाउँछन् । मैले साया भन्ने क्यारेक्टरलाई त्यसरी नै त्यहाँ राखेर प्रस्तुत गरें', उनले भने । 
 
साया अर्थात् रेवतीले अडियो सुने पनि अहिलेसम्म ‘समर लभ’ पुस्तक भने नपढेको बताउँछिन् । उनी भन्छिन्, 'म एउटा कलाकार हुँ । हो, पुस्तकमा साया 'न्यूड' भएको उल्लेख छैन तर पुस्तक र फिल्ममा केही फरक चाहिँ हुन्छ । फिल्मलाई व्यूटी दिनका लागि निर्देशकको प्रस्तावमा आफू 'न्यूड सिन' दिन तयार भएको उनले बताइन् । 
 
रेवती फिल्ममा आफू ‘न्यूडिटी’ नदेखेर व्यूटी देख्ने बताउँछिन् । 'निर्देशक मुस्कान दाईले फिल्ममा न्यूड सिन छ भनेपछि मैले खुसी-खुसी हुन्छ भनें । त्यो क्यारेक्टरमा न्यूड सिन डिमान्ड छ भने किन नगर्ने ! म त एउटा कलाकार हुँ', उनले भनिन् । हात-जिउ देखिँदैमा ‘न्यूडिटी’ भन्न नमिल्ने पनि उनको तर्क छ । उनी थप्छिन्, 'फिल्मलाई व्यूटी दिन 'न्यूड सिन' दिएकी हुँ ।' 
 
सुस्मिताको भूमिकामा रहेकी अभिनेत्री नम्रता सापकोटाले पनि फिल्ममा पर्याप्य बेडसिन दिएकी छन् । उनी फिल्म गर्नुभन्दा अगाडि नै आफ्नो बेडसिन हुनेमा स्पष्ट रहेको बताउँछन् । उनी भन्छन्, 'मैले आफूले आफूलाई हिरोइन भन्दा पनि एक एक्टरको रुपमा प्रस्तुत गर्न गर्छु । मलाई कुनै काम गर्न डर लाग्दैन । कुनै हिचकिचाहट पनि हुँदैन ।' 
 
 
'सुस्मिता गर्नुभन्दा अगाडि नै फिल्ममा मेरो बेडसिन छ भन्ने थाहा थियो', उनले अगाडि भनिन्, 'कुनै क्यारेक्टर निभाउनका लागि क्यामेरा पछाडि कसको हात छ भन्ने पनि महत्वपूर्ण हुन्छ । मुस्कान दाईले मलाई निकै राम्रो तरिकाले प्रस्तुत गर्नुभएको छ । मलाई कुनै सिन गर्दा खेरि कहिल्यै गाह्रो भएन ।' पुस्तक पढ्दा आफूलाई सुस्मिताको पात्र निकै मन परेको पनि बताइन् । 
 
नव-नायक आशिष भने दुई नायिकासँग 'बेडसिन' दिँदा निकै रमाइलो अनुभव भएको बताउँछन् । उनलाई सुरु-सुरुमा भने खुल्न निकै गाह्रो भएको रहेछ । ‘समर लभ’ को ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनी भन्छन्, 'सुरुमा गाह्रो भए पनि पछि सहज भयो । रेवती र नम्रता दुबै सहज भएका कारण 'बेडसिन' दिँदा कुनै गाह्रो भएन ।' 
Most Visited News (monthly)