Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

क्रिकेटको कथामा फिल्म बन्ने, सुनोद हिरो

फिल्मीखबर, काठमाण्डौ, 2019/01/07
खेलकुदमा आधारित भएर नेपालमा खासै फिल्म निर्माण भएका छैनन् । बनेका पनि बक्सअफिसमा चम्किएका छैनन् । डण्डीवियोको कथामा फिल्म ‘डमरुको डण्डीवियो’ र क्रिकेटमा आधारित भएर ‘च्याम्पियन’ निर्माण भएको थियो । यस्तै, फुटबल खेलाडीको संघर्षमा फिल्म ‘क्याप्टेन’ तयार भएको छ । 
 
 
यसबीच नेपाली युवापुस्तामा सर्वाधिक लोकप्रिय क्रिकेट खेलमा आधारित भएर एक फिल्म निर्माण हुने भएको छ । एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसले क्रिकेटको कथामा फिल्म निर्माण गर्न लागेको हो । एक्सपर्टका सद्धभावना दुत रहेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले फिल्मबारे जानकारी दिए । 
 
अष्ट्रेलियाको सिड्नीमा आइतबार आयोजित एक कार्यक्रममा कप्तान खड्काले एक्सपर्टका निर्देशक संजिब शर्माले फिल्मको निर्माण गर्न लागेको बताए । उनी भन्छन्, ‘खेलकुद विधामा निकै कम फिल्म बनेका छन् । यो फिल्मले क्रिकेट विकासमा सहयोग पुर्‍याउनेमा विश्वस्त छौं ।’ 
 
 
फिल्मले एक सफल क्रिकेटर बन्नका लागि गर्नुपर्ने संघर्षको कथा भन्नेछ । फिल्ममा सुनोद श्रेष्ठ लिड रोलमा रहनेछ । अन्य कलाकार र निर्देशक भने चाँडै छनोट गरिने शर्माले बताएका छन् । मुख्य अभिनेता श्रेष्ठको यो डेब्यु फिल्म हो । यसअघि उनले आधा दर्जन म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।  
Most Visited News (monthly)