Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘हृदय भरी’ घोषणा, पल र श्रद्धाको जोडी पर्दामा

फिल्मीखबर, काठमाण्डौ, 2019/01/07
लोभलाग्दो 'फ्यान फलोइंग' भएका अभिनेतामा गनिने पल शाहको लिड रोल रहने फिल्म ‘हृदय भरी’ को औपचारिक निर्माण घोषणा गरिएको छ । केही हप्ता अगाडि मुहूर्त गरिएको फिल्मको सोमवार राजधानीमा एक कार्यक्रमका बीच 'कास्ट एण्ड क्रियू' मेम्बर सार्वजनिक गरियो । 
 
 
सुरज सुब्बा 'नाल्बो' को एक्सन-कट रहने फिल्ममा पलले पहिलो पटक फ्रेस अनुहारसँग स्क्रिन साझेदारी गर्दैछन् । यो फिल्मबाट श्रद्धा क्षेत्रीले डेब्यु गर्दैछिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धाले त्यहाँ मोडलिङ क्षेत्रमा राम्रो नाम कमाएकी छन् । पलको अपोजिटमा अभिनेत्री रेखा लिम्बु पनि देखिनेछिन् । 
 
 
फिल्म 'शत्रु गते' रिलिजको करीब ७ महिनापछि पलले 'वीरविक्रम २' भन्दा अगाडि साइन गरेको फिल्म हो यो । टिम र स्क्रिप्ट मन परेका कारण ‘हृदय भरी’ गर्न तयार भएको उनले बताए । यो फिल्मले उनले २० लाख पारिश्रमिक बुझेका छन् । फिल्ममा सलोन बस्नेतको पनि प्रमुख भूमिका रहनेछ । 
 
 
नीर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवँर, निर्मल शर्मा, मनोज केसी, कविता रेग्मीलगायतका कलाकारहरुको पनि अभिनय रहने फिल्मलाई निकेश लिम्बु, चन्दन शाह तथा दीपेन्द्र राईले निर्माण गर्दैछन् । फिल्मको कथाले युवापुस्ताको प्रेम झल्काउने लेखक तथा निर्देशक सुरजले बताए । 
 
 
नव-अभिनेत्री श्रद्धाले सानैदेखि फिल्ममा अभिनय गर्ने इच्छा ‘हृदय भरी’ बाट पूरा हुन लागेकोमा खुसी व्यक्त गरिन् । ‘फिल्ममा आउने इच्छा भएकै कारण मोडलिङमा आएँ र राम्रो टिम पाएकोले नेपाली फिल्ममा डेब्यु गर्दैछु’ श्रद्धा भन्छिन्, ‘मलाई दर्शकले स्वीकार गर्नुहुन्छ भन्नेमा आशावादी छु ।’ 
 
 
फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् । फिल्ममा मानकृष्ण महर्जनको छायांकन, अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत, कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी, केदार भुषालको लेखन, बिपिन मल्लको सम्पादन रहनेछ । 
Most Visited News (monthly)