Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमाको स्वस्तिमासँगै सवाल-जवाफ (भिडियो)

फिल्मीखबर, काठमाण्डौ, 2019/01/06
दर्शकहरुको फिल्मप्रति चासो बढाउन निर्माता/निर्देशकको दिमागको अनेकौं आइडियाहरु जन्मिरहेको छ । प्रचार चुस्त भए इनिसियल बक्सअफिस आक्रामक हुने सोचाइले अचेल फिल्मको प्रचार फरक शैलीले गर्ने गरिन्छ । यसबीच फिल्म ‘बुलबुल’ ले थालनी गरेको फरक शैलीको प्रचारको अहिले निकै प्रशंसा भइरहेको छ । 
 
'फ्ल्यास मोब' शैलीमा देशका ५ ठूला सहरबाट पहिलो गीत सार्वजनिक गरेर रचनात्मक प्रचारको थालनी गरेको निर्माण समुहले त्यसपछि सार्वजनिक दुई टिजरमा फिल्मका धेरै दृश्य देखाउनुको साटो एउटै दृश्यबाट फिल्मका दुई मुख्य पात्रलाई दर्शकसामु प्रस्तुत गरेको थियो । 
 
 
निर्माण टिमले स्वस्तिमालाई एउटै फ्रेममा फरक रुपमा प्रस्तुत गरेको छ । युट्युबमार्फत सार्वजनिक सामाग्रीमा स्वस्तिमाले आफ्नै फिल्ममा रनकला बनेकी स्वस्तिमासँग अन्तर्वार्ता लिएकी छिन् । सोझी टेम्पो चालक रनकला (स्वस्तिमा) सँग उनले सवाल-जवाफ गरेकी छन् ।  
 
निर्देशक विनोद पौडेलले स्वस्तिमाले फिल्ममा निर्वाह गरेको चरित्र रनकलालाई दर्शकमाझ परिचित गराउन अन्तर्वार्ताको शैली अपनाएको बताए । पौडेलले भने- ‘फिल्ममा स्वस्तिमाले आफूलाई कुन लेभलमा चरित्रका लागि रुपान्तरण गरेको छ, भिडियो हेर्दा स्पष्ट हुन्छ ।’ पौडेलको फिचर फिल्ममा यो डेब्यु निर्देशन हो । 
 
फिल्मले टेम्पो चालक महिलाको दैनिकीलाई पर्दामा प्रस्तुत गर्नेछ । फिल्ममा स्वस्तिमा खड्काले टेम्पो चालकको भूमिका निर्वाह गरेकी  छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । रामराजा दाहाल फिल्मका कार्यकारी निर्माता हुन् । 
 
अविरल थापा निर्मित फिल्ममा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्रीको अभिनय छ । सुसन प्रजापतिको छायांकन रहेको फिल्मलाई विनोद पौडेलले लेखेका हुन् । फागुन ३ मा रिलिज हुने फिल्मलाई पुरुषोत्तम पाण्डे, अबिरल थापा, भिम थापा र राजु पौडल मिलेर बनाएका हुन् । 
 
हेर्नुहोस् भिडियो :-

Most Visited News (monthly)