Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

जता साम्राज्ञी, उतै प्रेमी देवांश

फिल्मीखबर, काठमाण्डौ, 2019/01/06
सेलिब्रेटीको प्रोफेसनल लाइफभन्दा अचेल पर्सनल लाइफको चर्चा बढी हुने गर्छ । अभिनेत्री साम्राज्ञी आरएल शाहको हकमा पनि यो कुरा लागू हुन्छ । उनी कुन फिल्ममा अभिनय गर्दैछिन् भन्ने कुराले भन्दा उनको प्रेम सम्बन्धको कुरा मिडियाका लागि मसला बन्ने गरेको छ । हाल उनी देवांश जंगबहादुर राणासँग डेट गरिरहेकी छिन् । 
 
मयंक खड्कासँगको प्रेम टुंग्याएपछि केही महिनादेखि उनी देवांशको प्रेममा रमाइरहेकी छन् । उनका प्रेमी देवांश नेपाल उद्योग बाणिज्य संघकी अध्यक्ष भवानी राणाका छोरा हुन् । हालै 'मारुनी' र हेमराज विसीको फिल्म साइन गरेकी साम्राज्ञी अहिले सार्वजनिक कार्यक्रममा समेत प्रेमी देवांशसँग नै पुग्ने गर्छिन् । 
 
 
केही हप्ता अगाडि फिल्म 'मारुनी' को घोषणा सभामा उनले प्रेमी लिएर पुगेपछि मिडियामा ठूलै चर्चा भएको थियो । मिडियाबाट छलिन साम्राज्ञी र देवांशले गजबकै चोर-पुलिसको खेल खेलेका थिए । शनिबार एक कार्यक्रममा भने उनीहरुले मिडियाको अगाडि साथ उभिएर पहिलो पटक तश्बिर खिचाए । 
 
'युरेसा लेडिज रेडी वएर सप' को उद्घाटनमा साम्राज्ञी आमा नेहासँगै प्रेमी देवांशसँग साथमा पुगेकी थिइन् । मिडियाकर्मीले एकसाथ तश्बिर खिच्न आग्रह गरेपछि उनीहरु सहजै तयार भए । तर, दुईको बीचमा साम्राज्ञीकी आमा नेहा उभिइन् । करीब ४० सेकेण्डभन्दा बढी उनीहरुले मिडियाको क्यामेरा अगाडि पोज दिएनन् । 
 
कार्यक्रम अवधिभर साम्राज्ञीलाई कुरेर बसेका थिए, देवांश । अहिलेकी 'मोस्ट डिमान्डेड' अभिनेत्री साम्राज्ञी सकभर मिडियाबाट प्रेम लुकाउन चाहन्छिन् तर त्यसमा उनी कहिल्यै सफल भइनन् । पूर्व प्रेमी मयंकसँग पनि उनलाई कयौं पटक एकसाथ मिडियाले भेटेको थियो । हालै देवांशकै घरमा साम्राज्ञीले आफ्नो 'बर्थडे' मनाएकी थिइन् । 
 
तश्बिर : दीपेन्द्र घिमिरे
Most Visited News (monthly)