Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पूजा कि सुदर्शनको रोजाइ आकाश ?

फिल्मीखबर, काठमाण्डौ, 2019/01/05
उत्कृष्ट लभस्टोरी फिल्म बनाउने निर्देशकको सूचीमा सुदर्शन थापाको नाम अग्रणी स्थानमा आउँछ । उनलाई फिल्मको माध्यमबाट प्रेम गर्न सिकाउने निर्देशक समेत भनिन्छ । 'प्रेमगीत', 'मेरो एउटा साथी छ' जस्ता स्तरिय फिल्म दर्शकलाई पस्किएका उनी पछिल्लो समय आफ्नै होम प्रोडक्सनको फिल्म मात्र गर्दै आइरहेका छन् । 
 
'म यस्तो गीत गाउँछु' र 'रामकहानी' का उनी निर्देशक र निर्माता हुन् । 'प्रेमगीत' पछि उनले बाहिरी ब्यानरको फिल्म गरेका छैनन् । र, हरेक फिल्ममा उनी अभिनेता नयाँ राख्छन् तर अभिनेत्रीमा पूजा छुट्दिनन् । बजारको हल्लालाई आधार मान्ने हो भने प्रेम सम्बन्धका कारण सुदर्शनले पूजालाई आफ्ना हरेक फिल्ममा दोहोर्‍याएका हुन् । 
 
तर, यो मान्ने दुवै तयार छैनन् । उनीहरु सँधै निर्देशक र अभिनेत्रीभन्दा अरु सम्बन्ध स्थापित नभएको बताउँछन् । यसमा कति सत्यता छ त्यो त उनीहरु नै जान्दछन् । तर, बुझ्न के आवश्यक छ भने हावा नचली पात हल्लिन्न । प्रेम सम्बन्ध स्विकार नगरे पनि दुईले दर्शकलाई स्तरिय फिल्म भने पस्किरहेका छन् । 
 
 
यस वर्ष यो जोडीले फिल्म 'रामकहानी' मा सँगै काम गरेका थिए । फिल्ममा दुवैको लगानी थियो । बक्सअफिसमा औसत व्यापार गरेपनि विदेश प्रदर्शनबाट निर्माता 'सेफ' भएका थिए । फिल्ममा आकाश श्रेष्ठ र पूजाको जोडी बाँधिएको थियो । यो जोडीलाई दर्शकले सर्वाधिक मन पराए । फेरि यी दुई पर्दामा देखिँदैछन् । 
 
सुदर्शनको नयाँ प्रोजेक्ट हो- 'सम्हालिन्छ कहिले मन' । माघबाट फिल्मको छायांकन सुरु हुँदैछ । यसमा पुनः पूजा र आकाशको जोडी बाँधिएको छ । साइन गरिसकेको फिल्म 'वीरविक्रम २' छाडेर आकाशले यो फिल्म रोजेका हुन् । तर, फिल्ममा उनी भित्रनुको पछाडि पूजाको प्रमुख भूमिका रहेको बताइन्छ । सुदर्शन भने नयाँ अनुहार लिने सोचमा थिए । 
 
'रामकहानी' पछि पूजा र आकाश निकै नजिक भएका छन् । केही हप्ता अगाडि फिल्म 'सुश्री सम्पत्ति' को स्पेशल शोमा साथमा पुगेका उनीहरु साँझ करीब ८ बजे राइजिङ मलबाट एउटै गाडीमा निस्किएका थिए । गाढा र घनिष्ठ सम्बन्धका कारण पूजाले आकाशलाई फिल्ममा लिने सुदर्शनलाई दबाव लिएको चर्चा छ । 
 
आकाश भित्रनुको कारण जो र जे भए पनि दर्शक भने पुनः पूजा र आकाशको  जोडी हेर्न निकै आतुर छन् । यो फिल्ममा सुदर्शन र पूजा निर्मातामा छैनन् । पहिलो पटक कुनै नायकसँग दोहोर्‍याएर काम गरेकी पूजाले 'सम्हालिन्छ कहिले मन' मा १५ लाख बुझेकी छन् भने आकाशले १० लाख लिएका छन् । यस फिल्ममा सोनम तोप्देन पनि रहनेछन् । 
Most Visited News (monthly)