Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

झरनाकी बोल्ड ‘गुडियारानी’ सुहाना (फोटोसहित)

फिल्मीखबर, काठमाण्डौ, 2019/01/04
स्टार किड्सको फिल्ममा प्रवेश बाक्लिँदो छ । पिताको बिडो थाम्ने अनमोल केसी अहिलेका जल्दाबल्दा अभिनेतामा गनिन्छिन् । करिश्मा मानन्धरकी छोरी कविता मानन्धर, शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठ, विश्व बस्नेतकी छोरी निरिशा बस्नेत, टिका पहारीका छोरा गौरव पहारीलगायत धेरै स्टार किड्सले पनि फिल्ममा इन्ट्री लिइसकेका छन् । 
 
 
यो भीडमा एक अर्को नाम मिसिएको छ । एक समयकी सफल अभिनेत्री तथा अहिलेकी हिट निर्देशक झरना थापाकी सुपुत्री सुहानाले पनि नेपाली फिल्ममा आफ्नो यात्रा थालनी गरेकी छन् । छोरीको हिरोइन हुने चाहनालाई उनले आफू निर्देशित फिल्म 'ए मेरो हजुर ३' बाट पूरा गरेकी छिन् । 
 
छोरीको फिल्मी यात्रा सहज बनाउन झरनाले डेब्यु फिल्ममा नै राम्रो क्रेज र स्टारडम भएका अभिनेता अनमोल केसीलाई महँगो पारिश्रमिकमा अनुबन्ध गरिन् । अहिले यो फिल्मको छायांकन अन्तिम चरणमा छ । अनमोल एक गायक र सुहाना एक फ्यानको भूमिकामा फिल्ममा देखिँदैछन् । 
 
 
केही दिन अगाडि फिल्मको सेटबाट अनमोल र सुहाना फिचर्ड आधा दर्जन तश्बिर निर्माण टिमले सार्वजनिक गरेको थियो । तश्बिरमा दुईलाई रोमान्टिक अवतारमा देखिएको थियो । उक्त तश्बिरले दर्शकमा फिल्मप्रति निकै चासो बढाएको छ । यो फिल्म चैत २९ गतेबाट प्रदर्शनमा आउँदैछ । 
 
अहिले फिल्मको छायांकन केही हप्ताका लागि रोकिएको छ । अब फिल्मको तीन दिनको सुट र एक गीत खिच्न बाँकी छ । यसबीच थापा फेमिली अहिले अमेरिकामा छन् । त्यहाँ फिल्मको एक गीत खिच्ने तयारी भइरहेको बताइएको छ । केही दिनमा अनमोल अमेरिका उड्ने स्रोत बताउँछ । 
 
 
फिल्ममा प्रवेश गर्नुभन्दा अगाडि सुहाना अमेरिकामा बसेर पढिरहेकी थिइन् । थापा परिवार अमेरिका पुग्नुको प्रमुख कारण सुहानाको पढाईको कामले रहेको बताइएको छ । अमेरिका बसाईको क्रममा अभिनेत्री झरनाले छोरी सुहानाको केही 'बोल्ड एण्ड क्यूट' तस्बिरहरु फेसबुकमा साझेदार गरेकी छन् । 
 
 
अमेरिकाको सडकमा सुहानाको पोज-पोजका तश्बिर झरनाले आफ्नो मोवाइलमा कैद गरेकी छिन् । उनले छोरीलाई ‘गुडियारानी’ भनेर सम्बोधन गरेकी छिन् । अनमोलसँग स्क्रिन सझोदारी गर्ने खबर बाहिरिएपछि सुहाना सामाजिक सञ्जालमा सर्वाधिक खोजिएकी थिइन् । दर्शकहरु अब उनको अभिनय हेर्न व्यग्र प्रतिक्षामा छन् । 
Most Visited News (monthly)