Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

सुरक्षालाई दीपेन्द्रकै भर हो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/01/04
अहिलेका चलेका निर्देशक हुन् दीपेन्द्र के. खनाल । बक्सअफिसमा हिट साबित भएको फिल्म 'पशुपतिप्रसाद' निर्देशन गरेपछि उनी निर्देशकमा 'हटकेक' बने । मौलिक फिल्म निर्माण गर्ने निर्देशकको रुपमा आफूलाई स्थापित गरेका उनीसँग फिल्म गर्न चाहने कलाकारहरुको ठूलै भीड छ यहाँ । उनका फिल्म भनेपछि दर्शकमा पनि निकै चासो हुने गर्दछ । 
 
उनको फिल्ममा काम गरेपछि करियर निर्माणमा एउटा दरिलो इट्टा थपिने विश्वास नयाँ तथा पुराना कलाकारमा व्याप्त छ । ‘चपली हाइट’ को दुई सिरिज, ‘धनपति’, ‘भिजिलान्ते’, ‘द युगदेखि युगसम्म’ फिल्म निर्देशन गरिसकेका उनको फ्रेस रिलिज फिल्म ‘चंगा चेट’ हो । 'लजिक' खोज्ने दर्शकलाई उनको फिल्म निकै मनपर्छ । हाल उनी एक नयाँ प्रोजेक्टको तयारीमा छन् । 
 
हरेक फिल्ममा 'एक्सपेरिमेन्ट' गर्न चाहने दीपेन्द्र अहिले आफ्ना हरेक फिल्ममा एक नायिका छुटाइरहेका छैनन् । उनी हुन् सुरक्षा पन्त । उनले दीपेन्द्रको निर्देशनमा 'धनपति' र 'चंगा चेट' मा आफ्नो अभिनय कला प्रस्तुत गरिसकेकी छन् । 'धनपति' बक्सअफिसमा औसत रहे पनि 'चंगा चेट' ले राम्रै कमायो । अब फेरि उनी नयाँ फिल्म ‘घर’ मा भित्रिएकी छन् । 
 
उक्त फिल्म दीपेन्द्रले निर्देशन गर्ने नभए पनि उनकै प्रोडक्सन हाउसबाट निर्माण हुन लागेको हो । फिल्मलाई अर्पण थापाले निर्देशन गर्देछन् । बिहीवार मात्र यस फिल्ममा सुरक्षाको प्रवेश भयो । योसँगै सुरक्षा र दीपेन्द्रले सहकार्यमा ह्याट्रिक गरेका छन् । दुईको एकपछि अर्को फिल्ममा सहकार्य हुनुले बजारमा अनेकन हल्ला चल्न सुरु भएको छ । 
 
कतै सुरक्षाले आफ्नो करियर चम्काउने अभिभारा दीपेन्द्रलाई त सुम्पिएकी होइनन् ? नभए एकपछि अर्को फिल्ममा दीपेन्द्रले सुरक्षालाई नै रोज्नुको कारण अरु के हुनसक्छ ? सुरक्षाले दीपेन्द्रसँग दुई फिल्ममा काम गरे पनि खासै ठूलो उपलब्धि हासिल गर्न सकिनन् । अभिनयको प्रशंसा भए पनि करियरले अझै गति समात्न सकेको छैन । 
 
तर, जे भए पनि भर्सटायल निर्देशकको छवि बनाएका दीपेन्द्रको हात उनले छाडेकी छैनन् । दीपेन्द्रका कुनै प्रोजेक्ट उनले हातबाट उम्काएकी छैनन् । उनी दीपेन्द्रकै भरमा आफ्नो करियरलाई नयाँ दिशा दिने प्रयासमा छिन् । अब भविष्यमा दुईको सहकार्यले निरन्तरता पाउँछ वा पाउँदैन ? यो भने समयले नै बताउनेछ । 
Most Visited News (monthly)