Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘बेला’ मा प्रदीपभन्दा रामबाबु महँगा !

फिल्मीखबर, काठमाण्डौ, 2019/01/04
हलिउड/बलिउड होस् वा नेपाली फिल्म, पर्दा पछाडिका व्यक्तिको पारिश्रमिकको चर्चा निकै कम हुन्छ । अभिनेता र अभिनेत्रीको पारिश्रमिकमा दर्शकको सर्वाधिक चासो रहने हुँदा निर्देशकलगायतको पारिश्रमिक चर्चाको विषय बन्दैन । तर, निकै कमलाई थाहा हुनसक्छ, कलाकारको भन्दा बढी पारिश्रमिक अचेल निर्देशकले बुझ्न थालेका छन् । 
 
हलिउड/बलिउडमा मात्र होइन नेपाली फिल्ममा पनि गिनेचुनेका निर्देशकले अहिलेका चलेका सुपरस्टारको भन्दा बढी पारिश्रमिक बुझ्ने गर्दछन् । अभिनेतामा अहिलेका हटकेक अनमोल केसी र प्रदीप खड्काले एक फिल्मबापत ५० लाख बुझ्ने गरेको चर्चा छ । तर, यसलाई सत्य मान्ने कुनै आधार छैन । 
 
 
'कबड्डी' सिरिजका निर्देशक रामबाबु गुरुङले भने दुई अभिनेतालाई मात खुवाउने पारिश्रमिक बुझेका छन् । हाल नयाँ फिल्म 'साइँली' को काममा व्यस्त उनी चाँडै अहिलेका सर्वाधिक डिमान्डेड ब्वाई प्रदीपलाई लिएर फिल्म ‘बेला’ बनाउँदैछन् । नयाँ वर्षबाट फिल्मको छायांकन सुरु गर्ने तयारी भइरहेको छ । 
 
यो फिल्मका लागि निर्देशक गुरुङले अभिनेता प्रदीपभन्दा बढी पारिश्रमिक बुझेका छन् । प्रदीपले ‘बेला’ मा ४० लाखको नजिक पारिश्रमिक बुझेको खबर छ । यसबाट सरकारलाई २५ प्रतिशत ट्याक्स बुझाउनु पर्ने हुन्छ । ट्याक्स बुझाएर उनलाई निर्माताले सो रकम दिएका हुन् वा प्रदीप स्वयंले प्राप्त पारिश्रमिकबाट ट्याक्स बुझाउनु पर्ने हो त्यो भने जानकारीमा छैन । 
 
निर्देशक गुरुङले भने निर्मातासँग ५० लाखमा फिल्म साइन गरेका हुन् । निर्देशन र कथा गरि उनले उक्त पारिश्रमिक हात पारेका हुन् । उनले १० लाख साइनिङ एमाउन्ट बुझिसकेका छन् भने बाँकी ४० लाखको चेक तयार हुँदैछ । निर्देशक गुरुङले प्राप्त ५० लाख पारिश्रमिकबाट आफूले नै ट्याक्स बुझाउनु पर्ने बताए ।  
 
‘कबड्डी ३’ बन्छ तर तत्काल होइन : रामबाबु गुरुङ
 
रामबाबु गुरुङलाई निर्देशकमा शक्तिशाली साबित गरेको फिल्म हो ‘कबड्डी’ । यसले उनलाई माटो सुहाउँदो फिल्म बनाउने निर्देशकको रुपमा स्थापित गर्‍यो । अहिले उनको नाम सर्वाधिक व्यस्त निर्देशकको सूचीमा अग्रणी स्थानमा आउँछ । उनको नयाँ फिल्म ‘साइँली’ चैत १५ बाट प्रदर्शनमा आउँदैछ । 
 
यो फिल्मपछि उनी प्रदीपलाई लिएर ‘बेला’ सुरु गर्दैछन् । यसपछि उनी ‘कबड्डी ३’, ‘सुन्दर बजार’, ‘डिग्री माइला’ गर्ने तयारीमा छन् । हालै उनले ‘कबड्डी ३’ बनाउन लागेको र कलाकार पनि फाइनल गरिसकेको खबर सार्वजनिक भएको थियो । तर, उनी  ‘कबड्डी ३’ योजनामा भए पनि कलाकार फाइनल गरेको कुरामा कुनै सत्यता नभएको बताउँछन् । 
 
 
फिल्मीखबरसँग फोनर्वार्तामा उनी भन्छन्,  ‘वानलाइन स्टोरी नै तयार नभइ ‘कबड्डी ३’ का लागि कसरी कलाकार फाइनल गर्न सकिन्छ र ! बजारमा भ्रामक हल्ला कसले फैलायो म आफैं अचम्मित छु । तत्काल ‘कबड्डी ३’ बनाउने कुनै तयारी छैन ।’ अर्को वर्षको मध्यतिर फिल्मको छायांकन हुनसक्ने उनले बताए । 
 
‘कबड्डी ३’ मा प्रदीप खड्का र आना शर्मा फाइनल भएकोे खबरमा सत्यता छैन त ? फिल्मीखबरको प्रश्नमा उनी भन्छन्, ‘मैले भनेनी फिल्मको वानलाइन स्टोरी त तयार भएको छैन कसरी कलाकार फाइनल गर्नु ! प्रदीपसँग ‘बेला’ गर्न लागेको हो । आनासँग मैले ‘कबड्डी ३’ बनाउन लागेको त भनेको छैन फाइनल कसरी गर्नु !’ 
Most Visited News (monthly)