Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अर्पणको ‘घर’ मा भित्रिइन् सुरक्षा

फिल्मीखबर, काठमाण्डौ, 2019/01/03
 
अभिनेता तथा निर्देशक अर्पण थापाले चौथो पटक निर्देशन गर्न लागेको फिल्म ‘घर’ मा ‘धनपति’ फेम्ड अभिनेत्री सुरक्षा पन्तलाई लिड रोलमा कास्ट गरिएको छ । केही दिन अगाडि हिरोइन फाइनल नै नगरि फिल्मको घोष्षणा गरिएको थियो । 
 
बिहीवार अभिनेत्रीसँग निर्माता/निर्देशकको कागजी सम्झौता भएको छ । फिल्मका लागि अझै एक नायिकाको खोजी भइरहेको छ । फिल्ममा निर्देशक अर्पण स्वयं प्रमुख भूमिकामा देखिँदैछन् । फिल्म हरर जानरामा निर्माण हुन लागेको हो । 
 
'आधा लभ' र 'मुखौटा' निर्देशन गरिसकेका अर्पण निर्देशित फिल्म 'सुनकेसरी' पनि हरर जानराकै थियो । ‘घर’ लाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । 
 
उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । फिल्मको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ । फिल्मले दर्शकलाई पूर्ण रुपमा तर्साउने निर्देशक थापाको भनाई छ । फिल्मको कथा उनकै हो । 
Most Visited News (monthly)