Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘वीरविक्रम २’ गीतमा वर्षासँग पल र नाजिरको ‘पिरती’

फिल्मीखबर, काठमाण्डौ, 2019/01/03
अभिनेता राजेश हमाल स्टारर दशक अगाडिको सुपरहिट फिल्म ‘देउता’ मा समावेश सदावहार गीत ‘पिरतीको मिठो तिर्सना...’ को रिमेक भर्सन सार्वजनिक भएको छ । प्रदर्शन मिति तय नभएको फिल्म ‘वीरविक्रम २’ मा समावेश गरिएको उक्त गीत बिहीवार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । 
 
 
मनाङ र मुस्ताङमा खिचिएको गीतमा फिल्मका लिड कलाकारहरु पल शाह, वर्षा सिवाकोटी र नाजिर हुसेन फिचर्ड छन् । गीतमा तीन स्टार्स एउटै फ्रेममा भने देखिएका छन् । गीतमा केही फरक गर्न खोजेको कोरियोग्राफर कविराज गहतराजले बताए । भिडियोमा वर्षासँग दुई नायकको केमेस्ट्री सुहाएको देखिन्छ । 
 
 
‘देउता’ का लागि इन्द्रजित मिजार र भारती घिमिरेले गाएको गीत ‘वीरविक्रम २’ मा ताराप्रकाश लिम्बु र मेलिना राईले गाएका छन् । कुशुम गजमेर र तुलसी घिमिरेको शब्द रचना रहेको गीतमा रञ्जित गजमेरले संगीत छ । उक्त गीतलाई रिमेक गर्नुको पछाडि फिल्मको लोकप्रियताका लागि रहेको निर्देशक मिलन चाम्सले बताए । 
 
 
सार्वजनिक गीतको भिडियोमा वर्षा, पल र नाजिरलाई थकाली पहिरनमा देख्न सकिन्छ । कोरियोग्राफर गहतराज ठाउँ अनुसार कलाकारलाई उक्त पहिरनमा उतारेको बताउँछन् । नाजिर अनुपस्थित कार्यक्रममा पल र वर्षाले कठ्याङ्ग्रिदो जाडोमा गीत खिच्दाको कठिन पल सम्झिएका थिए । 
 
 
अर्को वर्ष प्रदर्शनमा ल्याउने बताइएको फिल्मलाई सुदीप बरालले खिचेका हुन् । फिल्ममा बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बुलगायतका कलाकारहरुको अभिनय छ । हिमाल केसीको द्वन्द्व रहेको फिल्मको कथा प्रदीप भारद्धाजले लेखेका हुन् । 
 
 
फिल्ममा अपर्ण सापकोटा सह-निर्माताको रुपमा रहेका छन् । नयाँ कथामा निर्माण भइरहेकाले ‘वीरविक्रम २’ सिक्वेल नभएको निर्माण टिमको भनाई छ । यो फिल्मको पहिलो भागमा नाजिसँगै दयाहाङ राई, अनुप विक्रम शाही, दीया पुन लिड रोलमा थिए । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)