Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रणवीर’ मा अडिएको सुवेक्षाको विश्वास

फिल्मीखबर, काठमाण्डौ, 2019/01/03
सुन्दरीहरुको नेपाली फिल्ममा प्रवेश 'दिन दुई गुणा अनि रात चौगुना' बढ्दै गएको छ । फिल्ममा प्रवेश गर्नका लागि गतिलो माध्यम व्यूटी प्याजेन्ट हुने भएका कारण पनि पछिल्लो समय यसतर्फ आकर्षण बढ्दो छ । नेपाली फिल्ममा सक्रिय अहिलेका केही 'हटकेक' अभिनेत्रीहरु व्यूटी प्याजेन्टकै प्रोडक्ट हुन् । 
 
 
प्रियंका कार्कीदेखि मलिना जोशीसम्म व्यूटी प्याजेन्टबाटै नेपाली फिल्ममा उदाएका थिए । प्रायः मिस नेपालमा भाग लिएका र उपाधि जितेका सुन्दरीको प्रवेश नेपाली फिल्ममा बढी देखिन्छ । साल २०१७ की मिस नेपाल निकिता चण्डकसम्म फिल्ममा भित्रिसकेको अवस्थामा अब यो लिस्टमा अर्को एक नाम थपिएको छ । 
 
मिस नेपालमा सेकेन्ड रनरअप भएकी सुवेक्षा खड्काले पनि फिल्ममा डेब्यु गरेकी छन् । सन् २०१२ मा मिस इन्टरनेशनल नेपालको टाइटल जितेकी उनले फिल्म ‘रणवीर’ बाट डेब्यु गरेकी हुन्, जुन फिल्म माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यसअघि केही फिल्मको अफर आए पनि रिजेक्ट गरेको बताउँछिन् उनी । 
 
‘फिल्म गर्न मनमा हुटहुटी भइरहन्थ्यो । तर, आफूले सोचेजस्ता फिल्म कुनै भेटिनँ ।  ‘रणवीर’ को कथा सुनेपछि यो छाड्नुहुन्न भन्ने लाग्यो र गरेँ’, सुवेक्षाले भनिन् । उनले फिल्ममा आउनु अगाडि आफू समक्ष हुन पूर्वतयारी पनि गरेको बताइन् । उनी यस फिल्मबाट निकै आशावादी छिन् । 
 
 
उनी भन्छिन्, 'फिल्म सोचे जस्तै बनेको छ । मैले आफ्नो तर्फबाट बेस्ट दिन कुनै कसर बाँकी राखेको छैन ।' व्यूटी प्याजेन्टबाट भित्रिएका सुन्दरीहरुको फिल्मी यात्रा खासै सुखद रहन सकेको छैन । अन्य सुन्दरीहरुको भीडमा सुवेक्षा खड्का अपवाद बन्न सक्लिन् वा नसक्लिन् हेर्न बाँकी छ । 
 
‘रणवीर’ मा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्ममा प्रशान्त ताम्राकार, सुशील सिटौला पनि लिड रोलमा छन् । एक्सन जनराको फिल्मलाई गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेका हुन् । फिल्मको 'तिरिमिरी तिरिमिरी' गीत अहिले चर्चामा छ । 
Most Visited News (monthly)