Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पोखराको आकाशमा उड्यो ‘गोपी’

फिल्मीखबर, काठमाडौं, 2019/01/03
वर्षमा सरदर सय बढी फिल्म रिलिज हुन्छन् । कति दर्शकलाई थाहा हुन्छन् त कति आए/गएको अत्तोपत्तो हुँदैन । अर्कोतिर गुणस्तरिय नेपाली फिल्म बन्न छाडेको गुनासो व्याप्त छ । ठूला स्टार र गिनेचुनेका ब्यानरका फिल्मबाहेक दर्शकहरु नयाँ फिल्मको पोस्टर भित्तामा देखेपछि नाक खुम्च्याउन अझै छाडेका छैनन् । 
 
 
निर्माता/निर्देशक भने दर्शकलाई हलसम्म तान्न प्रचार-प्रसारमा अनेकन फण्डा अपनाउँछन् । फिल्मको रिलिज डेट स्मरण गराउन अचेल निर्माण टिमले गर्ने अनौठा प्रचार शैलीले जो कोहीलाई हैरान बनाउँदै गएको छ । खाजा बोकेर घर-घर पुग्नेदेखि रोडबाट दर्शकलाई स्कुटरमा राखेर गन्तव्यसम्म पुराउने प्रचार निर्माताले अपनाइसकेका छन् । 
 
माघ १८ गतेबाट प्रदर्शनमा आउन लागेको अवेडेट फिल्म ‘गोपी’ ले पनि प्रचारमा नयाँ उपाय अपनाएको छ । कविता प्रतियोगीता गरेर प्रचारलाई चुस्त बनाउने काम गरेको फिल्मले पोखराको आकाशमा उडान सुरु गरेको छ । नेपालकै एक मात्र 'हट एयर' बलुनमा पोस्टर टाँसेर फिल्मले पोखरामा प्रचार सुरु गरेको हो । 
 
विदेश मोह त्यागेर स्वदेशमा गाई पालन गरेर बसेको एक युवकको संघर्ष र सफलताको कथा वाचन गर्ने फिल्मको प्रचारमा भित्राइएको नयाँ प्रयोग प्रभावकारी हुनेमा निर्माण टिम विश्वस्त देखिएको छ । कार्यकारी निर्माता श्रीधर पौडेलले 'हट एयर' बलुनमा मानिसहरुको बढ्दो आकर्षणलाई मध्यनजर गरेर त्यसको फाइदा उठाएको बताए । 
 
हालै प्रदर्शनमा आएको फिल्म 'प्रसाद' बाट चौतर्फी प्रशंसा बटुलेका अभिनेता विपिन कार्की यो फिल्ममा लिड रोलमा छन् । यसमा उनी गाई पालकको भूमिकामा छन् । हरेक फिल्ममा फरक अभिनय गर्न रुचाउँछन् उनी, यसकारण पनि दर्शकमा यस फिल्मप्रति चासो बढेको छ । गीतसंगीत र ट्रेलरले पनि फिल्मको निकै राम्रो हाइप निर्माण गरेको छ । 
 
 
‘गोपी’ मा विपिनको अपोजिटमा अभिनेत्री द्वय बर्षा राउत र सुरक्षा पन्त छन् । यसमा भोला सापकोटा, अंकित खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमलीलगायतका कलाकारहरुको पनि अभिनय छ । आरोही केसी निर्माता रहेको फिल्ममा दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । 
Most Visited News (monthly)