Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

२५ सय वर्ष अगाडिको कथामा ‘प्रेमनाथ’ (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2019/01/02
 
२५ सय वर्ष अगाडिको पौराणिक प्रेमकथामा निर्माण भएको फिल्म ‘प्रेमनाथ’ को 'एक्सन प्याक्ड' ट्रेलर सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच गणेश वेलबासे निर्देशित फिल्मको ट्रेलर, पोस्टर र प्रदर्शन मिति घोषणा गरियो । 
 
चैत २२ गतेलाई प्रदर्शन मिति फाइनल गरिएको फिल्मको पोस्टरमा लिड कलाकारलाई रोमान्टिक मुडमा प्रस्तुत गरिएको छ । ट्रेलर भने संवाद विहीन छ । निर्देशक वेलबासेले फिल्ममा आधुनिक र २५ सय वर्ष अगाडिको प्रेमकथा घोलिएको बताए । 
 
‘प्रेमनाथ’ बाट राज थापा र कृति गौतमले डेब्यु गरेका छन् । उनीहरु फिल्मलाई लिएर उत्साहित देखिएका छन् । दुवै फिल्मको कथावस्तु मन परेर काम गर्न राजी भएको बताउँछन् । गुह्रेश्वरी वेलबासे निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा कपिल प्रसाद द्वा छन् । 
 
सुमन कार्की, सुरज पाण्डे र सञ्जय सहानीको संयूक्त छायांकन रहेको फिल्ममा राज र कृतिका अलावा सुरविर पण्डित, गतिज विष्ट, मोनालिसा विष्ट, शेखर जंग मल्ललगायतका कलाकारहरुको अभिनय छ । निर्देशक स्वयं पनि लिड रोलमा छन् । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)