Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(4 votes, avg 4.00/5.00)
Text size:-
+
-

बन्ने भयो अनमोलको ‘ब्याचलर बन्टी’, भदौमा रिलिज

फिल्मीखबर, काठमाण्डौ, 2019/01/02
 
अभिनेता अनमोल केसीले ५० लाख पारिश्रमिकमा साइन गरेको फिल्म ‘ब्याचलर बन्टी’ निर्माण हुने निश्चित भएको छ । केही दिनदेखि उक्त फिल्म निर्माण नहुने चर्चा सिनेवृतमा सुरु भएको थियो । हालै एक कार्यक्रममा निर्देशक मिलन चाम्सले आफ्नो र अनमोलको समय मिलाएर फिल्म गर्ने बताएका थिए । 
 
बुधबार निर्देशक चाम्स, निर्माता सुदीप खड्का र अभिनेता अनमोलबीच भएको छलफलबाट फिल्मको छायांकन बैशाखबाट सुरु गर्ने सहमती भएको छ । अर्थात् अनमोलले आफू अभिनीत दुई फिल्म 'क्याप्टेन' र 'ए मेरो हजुर ३' रिलिज भएपछि उक्त फिल्म गर्नेछन् । 'क्याप्टेन' फागुन १७ र र 'ए मेरो हजुर ३' चैत २९ मा रिलिज हुँदैछ ।
 
निर्माता र अभिनेताबीच फिल्मको नाम पनि परिवर्तन गर्ने सहमती भएको स्रोतले जानकारी दिएको छ । साथै, 'लक' गरिएको स्क्रिप्टमा पनि केही फेरबदल गरिने बताइएको छ । फिल्मको रिलिज भने अर्को वर्षको तीज अर्थात् भाद्र १३ गतेलाई तय गरिएको छ । यसअघि यस वर्षको फागुन १७ मा फिल्म रिलिज गर्ने घाषणा गरिएको थियो । 
 
हरेक फिल्ममा नयाँ अभिनेत्रीहरुसँग रोमान्स गर्दै आएका अनमोेलको यस फिल्ममा पनि नयाँ अभिनेत्रीसँग स्क्रिन साझेदारी गर्दैछन् । फिल्मका लागि निर्माण टिमले उकुसा गिरीलाई अनुबन्ध गरिसकेको छ । विना कुनै जानकारी अभिनेत्री फाइनल गरेको भन्दै अनमोल निर्माता/निर्देशकसँग रुष्ट रहेको पनि खबर छ । 
Most Visited News (monthly)