Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

‘गल्ली ब्वाई’ मा रणवीर-आलियाको यस्तो लुक्स

फिल्मीखबर, मुम्बई, 2019/01/02
 
बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री आलिया भट्टको फिल्म ‘गल्ली ब्वाई’ को फर्स्टलुक पोस्टर बाहिर आएको छ । पोस्टरमा उनीहरु साधारण लुक्समा देखिएका छन् । फिल्मको कहानी मुम्बईको स्ट्रिट र्‍यापर्सको वरिपरि घुम्छ । 
 
फिल्ममा रणवीर स्ट्रिट र्‍यापर्सको भूमिकामा देखिनेछन् । फिल्मलाई जोया अख्तरले निर्देशन गरेकी हुन् । यस फिल्मको निर्मातामा फरहान अख्तर र रितेश सिद्धवानी छन् । यो फिल्मको छायांकन गएको वर्षको जनवरीमा सुरु भएर अप्रिलमा सकिएको थियो । 
 
आलिया र रणवीरको जोडी पहिलो पटक साथ देखिन लागेका हुन् । यसअघि यी दुईले एक एडमा सँगै काम गरेका थिए । हाल रणवीरको 'सिम्बा' ले बक्सअफिसमा जबरजस्त कलेक्सन गरिसकेको छ भने गत वर्ष २०१८ मा आलियाको 'राजी' प्रदर्शनमा आएको थियो । 
 
‘गल्ली ब्वाई’ यस वर्षको भ्यालेनटाइनमा रिलिज हुँदैछ । यो फिल्मपछि रणवीर धर्मा प्रोडक्शनको फिल्म ‘तख्त’ मा पनि आलियासँग काम गर्दैछन् । करीना कपूर खान, भूमि पेडनेकर, जाह्नवी कपूरलगायत पनि फिल्ममा रहनेछन् । 
Most Visited News (monthly)