Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘चौका दाउ’ ले हँसाउँदैन मात्र : वर्षा राउत

फिल्मीखबर, काठमाण्डौ, 2019/01/02
स्टारकास्टका कारण घोषणाको बेलादेखि नै चर्चामा रहेको फिल्म ‘चौका दाउ’ यही पुष २७ गतेबाट दर्शक भेट्न तयार छ । ‘राधा पियारी...’ बोलको गीतले फिल्मको लोभलाग्दो हाइप निर्माण गर्दैगर्दा अहिले निर्माण टिम प्रचार-प्रसारलाई चुस्त बनाउन मोफसल दौडाहामा निस्किएको छ । 
 
मंगलबार निर्देशकसहित फिल्मका लिड कलाकारहरु ३ नम्बर प्रदेशको राजधानी हेटौंडा पुगेका छन् । त्यहाँ पत्रकारसँग साक्षात्कार गर्दै निर्देशक पुर्णेन्द्रु झाले फिल्मले कमेडी कथा उठान गरेको बताए । फिल्मले उठान गरेका विषयवस्तु यथार्थपरक उनी बताउँछन् । 
 
 
निर्देशक झा भन्छन्, 'नेपाली समाजमा हुने गरेको यथार्थ घटनालाई हास्यरसको चास्नीमा घोलेर देखाउन खोजेका छौं । दर्शकले फिल्म हेरिरहँदा भरपूर मनोरञ्जन लिन्छन् ।' उनले यसअघि पोलिटिकल-क्राइम जानराको फिल्म 'संरक्षण' निर्देशन गरेका थिए । 
 
रिलिजको पूर्वसन्ध्यामा प्रचारमा देखिएकी अभिनेत्री वर्षा राउतले ‘चौका दाउ’ ले समाजमा हास्यव्यंग्यको माध्यमबाट सकारात्मक सन्देश दिन खोजेको बताइन् । चार जना कलाकारको दाउमा पर्ने मेजर भुमिकामा आफू रहेको उनी बताउँछिन् । यसमा उनी उर्वशीको भूमिकामा छिन् । 
 
'अन्जानमा गरिने गल्तीले भविष्यमा आउने समस्यासँग गर्नुपर्ने सामना देखाइएको छ । फिल्म निकै रमाइलो बनेको छ । मनोरञ्जनसँगै फिल्मले पाठ पनि सिकाउँछ भन्ने लाग्छ', उनी सुनिइन् । उनले सिनियर आर्टिस्टहरूसँग काम गर्न पाउँदा निकै खुशी लागेको पनि बताइन् । 
 
दशक अगाडि टेलिभिजनमा प्रशारण हुने ‘हिजो आजका कुरा’ का चर्चित हास्यकलाकार सन्तोष पन्त यस फिल्ममा लिड रोलमा छन् । कलाकार पन्तले धेरैपछि आफूले सोचेको जस्तो फिल्ममा अभिनय गर्न पाएको बताए । यस फिल्ममा तैयब शाह, विल्सन बिक्रम राई, रबिन्द्र झालगायतका कलाकारको पनि अभिनय छ । 
Most Visited News (monthly)