Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘पिरिममा’ गीतले ‘गरुड पुराण’ को हाइप कति बढायो ?

फिल्मीखबर, काठमाण्डौ, 2019/01/01
माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको कमेडी फिल्म ‘गरुड पुराण’ अहिले निकै चर्चामा छ । केही दिन अगाडि सार्वजनिक भएको कमेडी ट्रेलरले दर्शकमा फिल्मप्रति चासो जगाइरहेको छ भने ‘म त पिरिममा’ गीत श्रोताको मुखमा झुन्डिएको छ । ट्रेलर र गीतका कारण फिल्मको हाइप निकै बढेको छ । 
 
यूट्यूवमा ट्रेलरलाई साढे ४ लाख बढीले हेरिसकेका छन् भने गीतमाथि १४ लाख बढीको नजर परिसकेको छ । फिल्मको गीत यूट्यूवमा भन्दा टिकटकमा बढी रुचाइएको छ । ‘म त पिरिममा’ गीत युवापुस्ताले टिकटकको मसला बनाइरहेका छन् । यो गीतको अहिलेसम्म ४५ हजारभन्दा बढी टिकटक बनिसकेको छ । 
 
 
उक्त गीतलाई अहिलेसम्म टिकटकमा ३५ लाख पटक हेरिसकिएको रेकर्ड निर्देशक सुवास कोइरालाले देखाएका छन् । कभर भिडियो प्रतियोगिता राखिएले पनि टिकटकमा गीतले चर्चा पाएको निर्देशकको भनाइ छ । उनले सार्वजनिक गीतले फिल्मको हाइप निर्माण गर्न महत्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरेका छन् । 
 
गीतले फिल्मको इनिसियल बक्सअफिस राम्रो हुने विश्वास उनलाई छ ।  निर्देशक कोइरालाले भने, ‘फिल्मलाई रमाइलो बनाउने प्रयास गरेका छौ, त्यही अनुरुप गीत तयार गरेका हौं ।’  गीतको भिडियोमा अभिनेता निश्चल बस्नेतसँगै फिल्मका लिड कलाकारहरु कर्मा शाक्य र नव-नायिका प्रियंका सिंहको नृत्य छ ।
 
गीतमा निश्चलको जोडीको रुपमा अन्जली योञ्जन प्रस्तुत छिन् । गीतमा कोशिश क्षेत्रीको संगीत र दिनेश राउतको शब्द छ भने कोशिश र मनिषा पोखरेलको स्वर छ । फिल्म ‘गरुड पुराण’ लाई अजित प्रजापति र अशोक गौतमले निर्माण गरेका हुन् । 
 
नाजिर हुसेन, कर्मा शाक्य, प्रियंका सिंह ठकुरी, प्रविण खतिवडा, कामेश्वर चौरसिया, बसन्ध भट्ट, लुनिभा तुलाधर, प्रकाश घिमिरे, जान्ह्वी बोहोरा, कमल देवकोटालगायतका कलाकारहरुको यस फिल्ममा अभिनय छ । आकाश बराल, बिनोल खतिवडा र निर्देशक सुवास आफैंले लेखेको यो फिल्मको कथा कशम नेपालको हो । 
 
गीत हेर्नुहोस् :-

Most Visited News (monthly)