Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रहेनन् कादर खान, क्यानडामा अन्त्येष्टि गरिने

एजेन्सी, मुम्बई, 2019/01/01
 
लामो समयदेखि विरामी चर्चित भारतीय अभ‍िनेता कादर खानको क्यानडामा निधन भएको छ । उनका छोरा सरफराज खानले निधनको पुष्टि गरेका छन् । उनले भनेका छन्, 'मेरो पिता अब रहनु भएन ।' 
 
लामो विरामीका कारण क्यानडाको समय अनुसार ३१ डिसेम्बर साँझ ६ बजे उनको निधन भएको हो । उनी १६/१७ हप्तादेखि अस्पतालमा नै थिए । कादरले ३ सयभन्दा बढी हिन्दी फिल्ममा काम गरेका छन् । 
 
उनले २ सय भन्दा बढी फिल्मको पनि कथा लेखेका थिए । ७० को दशकमा बलिउडका निकै व्यस्त स्क्रिप्ट राइटर थिए कादर खान । उनको जन्म २२ अक्टोबर १९३७ मा भएको थियो । अभिनेता खानको अन्तिम संस्कार क्यानडामै गरिने बताइएको छ । 
 
गम्भिरका साथमा नकारात्मक भूमिकामा पनि दर्शकमाझ लोकप्रिय बनेका कादरलाई दर्शकले विशेषगरी हास्यप्रधान भूमिकामा विशेष मन पराउँथिए । उनले सिभिल इन्जिनियरङमा डिप्लोमा समेत गरेका थिए ।
Most Visited News (monthly)