Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

‘रोदी’ जोडीको फिल्मलाई दीपेन्द्रले निर्देशन गर्ने

फिल्मीखबर, काठमाण्डौ, 2019/01/01
 
‘रोदी’ जोडी अर्थात् रोहित अधिकारी र दीपकराज गिरीको संयूक्त ब्यानर रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजबाट निर्माण हुन लागेको अनटाइटल प्रोजेक्टलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने पक्का भएको छ । केही दिनदेखि निर्माता र निर्देशक लामाबीच लगातार छलफल भइरहेको थियो । 
 
निर्माता तथा कलाकार दीपकराजले फेसबुकमा एक स्टाटस लेख्दै अंग्रेजी नयाँ वर्ष २०१९ को शुभकामना दिँदै फिल्मको निर्देशकमा लामालाई अनुबन्ध गरेको जानकारी दिएका छन् ।  उनले फिल्मको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । २०७६ को दशैंमा फिल्म रिलिज गर्ने दीपकराजले घोषणा गरेका छन् । 
 
निर्देशक लामाले यसअघि फिल्म ‘घामपानी’ को कमान्ड सम्हालेका थिए । फिल्म समीक्षाबाट पत्रकारितामा स्थापित उनको नयाँ फिल्म ‘गोपी’ माघ १८ गतेबाट प्रदर्शनमा आउने तरखरमा छ । मौलिक फिल्म बनाउन माहिर मानिने लामा नयाँ फिल्म उत्कृष्ट बनाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताउँछन् । 
 
दीपकराजले मुनाफाको ५० प्रतिशत लिने शर्तमा रोहितसँग उक्त फिल्ममा सहकार्य गर्न तयार भएका हुन् । अर्थात् यो फिल्म बक्सअफिसमा हिट भएको खण्डमा उनले नाफाको ५० प्रतिशत लैजानेछन् । तर, फिल्ममा उनले न पारिश्रमिक लिनेछन् न त लगानी नै गर्नेछन् । 
 
रोहितको एकल लगानी रहने फिल्ममा दीपकराजको पटकथा लेखन छ । चैत अन्तिम साताबाट फ्लोरमा जाने तयारी भइरहेको फिल्ममा दीपकराज र केदार घिमिरे (माग्ने बुढा) कलाकारको रुपमा अनुबन्ध भइसकेका छन् । बाँकी कलाकार भने छनोट भैसकेका छैनन् । 'छक्का पञ्जा' का प्रायः सबै कलाकारहरु फिल्ममा हुने बताइएको छ । 
Most Visited News (monthly)