Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रबिन्द्र भन्छन्, ‘म युधिष्ठिर जस्तो सोझो छु’

फिल्मीखबर, काठमाण्डौ, 2018/12/31
पुष २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चौका दाउ’ मा पुरानादेखि अहिलेका चल्तीका कलाकारहरुको जमघट छ । सन्तोष पन्त, तैयब शाह, विल्सन बिक्रम राई र रबिन्द्र झा फिल्ममा लिड रोलमा छन् । पूर्णेन्दु झा निर्देशित फिल्ममा अभिनेत्री बर्षा राउत र अभिनेता अजश्र ढुँगाना पनि प्रमुख भूमिकामा छन् । 
 
 
प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मका कलाकारहरु अहिले प्रचार-प्रसारमा व्यस्त देखिएका छन् । सञ्चारकर्मीसँगको एक भेटमा दुई वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'जात्रा' बाट उदाएका रबिन्द्रले सन्तोष पन्तसँग काम गर्नु आफ्नो ठूलो सपना रहेको र ‘चौका दाउ’ बाट सँगै काम गर्ने सपना पूरा भएको बताए । 
 
उनलाई कलाकार पन्तको ‘हिजो आजका कुरा’ खुबै मन पर्थ्यो । उनी उक्त कार्यक्रम हेरेर सन्तोष पन्तको स्टाइलको नक्कल गर्थे । ‘सन्तोष पन्त दाईसँग ‘हिजो आजका कुरा’ मा अभिनय गर्न साह्रै रहर थियो तर त्यो कार्यक्रम बन्द भयो । तर, ‘चौका दाउ’ मा काम गरेर सँगै अभिनय गर्ने धोको मेट्न पाएँ’, उनले भने । 
 
कलाकार पन्तसँग काम गर्दाको अनुभवबारे रबिन्द्र भन्छन्, ‘उहाँ बरिष्ठ कलाकार हुनु भएकाले पहिलो दिन काम गर्न साह्रै गाह्रो पर्‍यो र म निकै नर्भस भएँ । तर, सन्तोष दाई यति चाँडै नजिक हुनुभयो कि भोली पल्टबाट उहाँसँग काम गर्न मलाई ज्यादै सजिलो हुँदै गयो ।’ 
 
उनले फिल्ममा आफूले उर्वषी अर्थात् वर्षा राउतलाई मन पराउने पात्रको भूमिका निभाएको बताए । उनी वर्षाको पाँच पाण्डवको रुपमा सन्तोषसहित आफू, तैयब, विल्सन र अजश्र रहेको खुलाए । उनी भन्छन्, ‘म युधिष्ठिर जस्तो सोझो छु । सन्तोष दाई अर्जुन जस्तो चलाख र चतुर बन्नु भएको छ ।’
 
 
फिल्ममा रबिन्द्रले भूपतिको भूमिका निर्वाह गरेका छन् । रबिन्द्रकै भनाईमा उनी यो फिल्ममा जग्गा प्लटिङ गरेर बेच्ने व्यापारीको भूमिकामा छन् । सौर्यजीत बाँस्कोटा र मनोज राजभण्डारीले निर्माण गरेको फिल्मका परिकल्पनाकार, कथाकार र संगीतकार शम्भुजीत बासकोटा हुन् । 
Most Visited News (monthly)