Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘भैरे’ निर्देशकको ‘हेल्लो जिन्दगी’ मा अदिती ?

फिल्मीखबर, काठमाण्डौ, 2018/12/31
अभिनेता अनमोल केसीसँग स्क्रिन साझेदारी गरेपछि हिरोइनको भाग्य चम्किन्छ भनिन्छ । एक उदाहरण अभिनेत्री साम्राज्ञी आरएल शाह हुन् । तर, सबैको भाग्य उनको जसरी चम्किन्छ भन्ने ग्यारेन्टी छैन । नभए गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘कृ’ मा लिड रोलमा रहेकी अभिनेत्री अदिती बुढाथोकीलाई नै हेर्दा हुन्छ । 
 
 
अनमोलसँग रोमान्स गरेर पनि करिअरका लागि महत्वपूर्ण फाइदा हात पार्न सकिनन् उनले । हुनत, उनको अभिनय पनि उम्दा थिएन । ठूला ब्यानरको आँखा नपर्दा उनी अहिले भारतमा बसेर फाट्टफुट्ट म्यूजिक भिडियो गरिरहेकी छन् । बलिउड फिल्ममा प्रवेश गर्ने सोचमा भए पनि उनलाई त्यो अवसर प्राप्त भइसकेको छैन । 
 
 ‘कृ’ पछि कुनै नेपाली फिल्म साइन नगरेकी उनी ‘भैरे’ निर्देशक एभरेष्ट सूर्य बोहोराले निर्देशन गर्न लागेको नयाँ फिल्म ‘हेल्लो जिन्दगी’ मा अनुबन्ध भएको स्रोतले बताएको छ । यद्यपि, निर्देशक बोहोरा र अभिनेत्री बुढाथोकीले यस विषयमा कुनै जानकारी दिएका छैनन् । फिल्मको केही दिनमा घोषणा गर्ने तयारी भइरहेको छ । 
 
निर्देशक बोहोराले आफ्नो आधिकारिक फेसबुकमा अदितीसँगको एक तश्बिर साझेदार गरेका छन् । तश्बिरसँगै उनले क्याप्सनमा अदितीको निकै प्रशंसा गरेका छन् । उनले देशको सिमानाभन्दा टाढा रहेर पनि आफ्नो प्रतिभा र सुन्दरताले लाखौंको मन जित्न सफल भएको भन्दै अदितीलाई शुभकामना दिएका छन् । 
 
 
निर्देशक बोहोराले बाँधेको प्रशंसाको पुलबाट अदितीले ‘हेल्लो जिन्दगी’ साइन गरेकी बुझ्न गाह्रो छैन । अभिनेत्री अदिती सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन् । इन्स्टाग्राममा मात्र उनलाई झण्डै ६ लाखले फलो गर्छन् । उनको भेरिफाइड चिह्न चम्किएको आधिकारिक फेसबुक पेज पनि छ । 
Most Visited News (monthly)