Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सयकडा दश’ मा भष्ट्रचारी राजाराम (ट्रेलर)

फिल्मीखबर, काठमाण्डौ, 2018/12/30
 
भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथा भन्ने बताइएको फिल्म ‘सयकडा दश’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा फिल्मका लिड कलाकार राजाराम पौडेललाई एक भष्ट्रचारी सरकारी कर्मचारीको रुपमा चित्रण गरिएको छ । 
 
 
यो फिल्मबाट हायकलाकार मनोज गजुरेलले काँचको पर्दामा डेब्यु गरेका छन् । ‘प्रेमगीत २’ फेम्ड लेखक तथा निर्देशक रामशरण पाठक निर्देशित फिल्ममा राजाराम र मनोजका अलावा अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राई, उत्सव न्यौपानेलगायतको अभिनय छ । 
 
 
फिल्मलाई निर्देशक पाठक स्वयमले लेखेका हुन् । माघ १८ मा फिल्म रिलिज हुँदैछ । रज्जु प्रधान, उत्तम खत्री, डीआर उपाध्याय, संजीव न्यौपानेले दर्शन नेपाल क्रिएसनको ब्यानरमा फिल्म निर्माण गरेका हुन् । फिल्मका रामेश्वर कार्की छायाँकार हुन् । 
 
 
बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन, दीलिप ओखेडाको कोरियोग्राफी रहेको फिल्ममा रज्जु प्रधानको कथा छ । हास्यकलाकार राजाराम पौडेल फिल्मको कार्यकारी निर्मातामा छन् । यस फिल्मको ‘दाईलाई कुरा लाइदिनी...’ गीत अहिले चर्चामा छ । 
 
ट्रेलर हेर्नुहोस् :-

Most Visited News (monthly)