Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलाई हिरोइनमा कसैले लिँदै लिँदैनन् : कविता गुरुङ

फिल्मीखबर, काठमाण्डौ, 2018/12/30
यस वर्ष प्रदर्शनमा आएको फिल्म ‘बोबी’ रिलिज हुनुभन्दा अगाडि उमेश थापा र कविता गुरुङ सेलिब्रेटी थिएनन् । नर्वेमा बसेर साधारण जीपनयापन गर्दै आएका उनीहरु फिल्म ‘बोबी’ रिलिज पश्चात् भने एकाएक सेलिब्रेटी बने । अहिले यो जोडीप्रति दर्शक र मिडियाको चासो बढेको छ । 
 
 
उमेश र कविताले आफूहरुको संघर्षपूर्ण प्रेमकथामा फिल्म बन्छ भन्ने कहिल्यै सोचेकै थिएनन् । कामको शिलशिलामा नर्वे पुगेका निर्देशक चाम्ससँग दुईको अचानक भेट भयो । भेटको क्रममा चनचले स्वभावकी कविताले 'हाम्रो लभस्टोरी पनि फिल्मभन्दा कम छैन' भनेपछि चाम्सलाई उनीहरुको लभस्टोरी सुन्ने इच्छा पालायो । 
 
दुईको प्रेम कहानीले मन छोएपछि निर्देशक चाम्सले फिल्म ‘बोबी’ बनाउने निर्णय गरे । उनले प्रमुख भूमिकामा पनि रियल जोडीलाई नै लिए । फिल्म तयार भयो तर फिल्म चल्छ भन्ने न रियल जोडी न त निर्देशक चाम्सलाई नै विश्वास थियो । फलतः प्रदर्शनको पहिलो हप्ता फिल्मको नतिजा अपेक्षाकृत भएन । तर, दोस्रो हप्ताबाट 'पिकअप' लिन थाल्यो । 
 
घरेलु बजारबाट 'सेफ ल्याण्डिङ' भएको फिल्मले विदेश प्रदर्शनबाट नाफा कमाएको थियो । अब पहिलो पार्ट प्रदर्शनमा आएको ६ महिना नवित्दै यसको सिक्वेल निर्माण हुने भएको छ । शनिबार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गरिएको छ । सिक्वेललाई पनि निर्देशक चाम्सले नै निर्देशन गर्दैछन् । 
 
सम्भवतः विश्व फिल्म बजारमा कुनै बायोपिक फिल्मको सिक्वेल बनेका छैनन् । तर, पहिलो भागको लोकप्रियता 'क्यास' गर्न उमेशको संघर्ष र सफलताको कथामा 'बोबी २ : बाँकी कथा' बनाउन निर्देशक चाम्स अगाडि सरेका छन् । नरेश भट्टराई र गिरिराज धिमिरेको पटकथा रहेको फिल्मको चैतबाट छायांकन सुरु हुँदैछ । 
 
एक वर्ष अगाडि फिल्म ‘बोबी’ को घोषणा सभामा कविताले निर्देशक चाम्सको आग्रहमा मात्र फिल्ममा आफ्नो भूमिका आफैंले निभाउन तयार भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, 'यो नै मेरो पहिलो र अन्तिम फिल्म हो । यो फिल्मभन्दा बाहेक अरुमा न म न त उमेश नै हिरो-हिरोइनको रुपमा देखिन्छौं ।' 
 
 
अब उक्त फिल्मको सिक्वेल बन्दैछ र दुवै प्रमुख भूमिकामा दोहोरिँदैछन् । यसले एक प्रश्न उब्जाएको छ- के कविता र उमेशलाई हिरो-हिरोइन बन्ने रहर पलाएको हो ? हुनत, दुईलाई अन्य फिल्ममा हिरो-हिरोइनको रुपमा हेर्ने दर्शकको पनि चाहना छ । कविता भने पुरानै बोली बोल्छिन्, 'म र उमेश हिरो-हिरोइनको रुपमा अरु फिल्ममा देखिँदैनौं ।' 
 
 ‘बोबी २’ को घोषणा सभामा पत्रकारको प्रश्नको जवाफ दिँदै भनिन्, 'म हिरोइन भएर कुनै हालतमा पनि आउँदिनँ । यो मेरो मात्र चाहना होइन । किनकि, मलाई कसैले हिरोइन लिँदै लिनुहुन्न त्यो थाहा छ । मिलन दाईले मात्र जोखिम उठाउनु भएको हो ।' उनले उमेशको बोली पनि आफैंले बोल्दै भनिन्, 'उमेशलाई पनि हिरो हुने रहर छैन ।' 
Most Visited News (monthly)