Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

चपली गर्ल बिनिताले गरिन् इन्गेजमेन्ट, असारमा बिहे

फिल्मीखबर, काठमाण्डौ, 2018/12/28
 
अभिनेत्री बिनिता बरालले करीब ५ वर्ष अगाडि प्रदर्शनमा आएको फिल्म 'चपली हाइट' बाट नसोचेको लोकप्रियता आर्जन गरिन् । एउटै फिल्मले उनलाई शहरिया युवापुस्तामाझ परिचित गराएको थियो । तर, उनले आफ्नो 'चार्म' धेरै समय बचाइराख्न सकिनन् । 
 
'चपली हाइट' पछि कुनै फिल्म सफल नहुँदा काँचको पर्दाबाट उनी विस्तारै टाढिइन् । र, नीजि लगानीमा कृषि फार्म खोलिन् । करीब दुई वर्ष अगाडि कृषि विषयमा अध्ययन गर्न भन्दै अमेरिका हानिएकी उनले इन्गेजमेन्ट गरेकी छन् । यसै हप्ता उनको टिकाटालो भएको हो । 
 
 
प्रेमी तिलक पौडेलसँग अर्को बर्षको असारतिर बिहे गर्ने उनको तयारी छ । बिनिताले प्रेमीले लगाइदिएको इन्गेजमेन्ट औंठीको तश्बिर सामाजिक सञ्जालमा साझेदार गरेकी छिन् । इन्गेजमेन्टपछि उनी निकै खुसी देखिएकी छन् । समुन्द्रको किनारमा उनी हुनेवाला श्रीमानसँग रोमान्टिक मूडमा देखिएकी छन् । 
 
अमेरिकाको ओहायो राज्यमा वैकल्पिक ऊर्जामा पिएचडीरत तिलक पौडेलको प्रेममा बिनिता अमेरिका पुगेको केही महिनामै चुर्लुम्म डुबेकी थिइन् । तिलकको नेपाल घर स्याङजा हो । दुई ट्विटरमार्फत् एकअर्कासँग जोडिएका थिए । 
 
 
बिनिता गत वर्ष आफूले लेखेको कृषि सम्बन्धि पुस्तक 'जुइनो' सार्वजनिक गर्न नेपाल आएकी थिइन् । उनी चाँडै विदेशमा बस्ने विद्यार्थीहरुको अनुभवलाई लिएर अर्को पुस्तक लेख्ने तयारीमा छिन् । उनको गएको वर्ष फिल्म 'उमंग' रिलिज भएको थियो । 
Most Visited News (monthly)