Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

अर्पणलाई प्रश्नः ऋचासँग सहकार्य टुटेको हो ?

फिल्मीखबर, काठमाण्डौ, 2018/12/28
अभिनेता तथा निर्देशक अर्पण थापा र अभिनेत्री ऋचा शर्माले धेरै फिल्ममा सहकार्य गरेका छन् । दुईले मिलेर 'आधा लभ' र 'सुनकेसरी' फिल्म बनाए भने धेरै फिल्ममा प्रेम-प्रेमिका भएर पनि अभिनय गरेका छन् । अहिले उनीहरु एकअर्का भएको फिल्ममा मात्र काम गर्ने गरेको सिनेवृतमा चर्चा सुनिन्छ । 
 
एकपछि अर्को फिल्म साथ गर्नुले उनीहरु प्रेममा रहेको चर्चा चल्न थालेको पनि धेरै भइसकेको छ । गत वर्ष फिल्म 'फिर्के' को पत्रकार सम्मेलनमा अभिनेत्री ऋचाले यस विषयमा मुख खोलेकी थिइन् । उनले भनेकी थिइन्, 'अर्पण विवाहित हो । हाम्रो नाम एकअर्कासँग जोड्नु पाप हो ।' 
 
 
यस वर्ष दुईले हरर जानराको फिल्म 'सुनकेसरी' बनाएका थिए । फिल्मलाई अर्पणले निर्देशन गरेका थिए । दुईले उक्त फिल्म रिलिज नहुँदै जोसमा सिक्वेल बनाउने समेत घोषणा गरे । तर, उक्त फिल्म बक्सअफिसमा असफल भएपछि दुईको सम्बन्ध सन्तुलित नभएको चर्चा, परिचर्चा सुरु भएको छ । 
 
बिहीवार अर्पणले निर्देशन गर्ने नयाँ फिल्म ‘घर’ को घोषणा गरियो । यसमा उनको निर्देशनसँगै लेखन र अभिनय पनि रहनेछ । फिल्ममा दुई हिरोइन हुने भए पनि फाइनल भइसकेका छैनन् । शर्मिला पाण्डेको लगानीमा निर्माण हुने फिल्म हरर जानरामा निर्माण हुन लागेको हो । माघबाट फिल्मको छायांकन सुरु हुँदैछ । 
 
‘घर’ मा ऋचा नहुनुले दुईको सम्बन्ध विग्रिएको कुरालाई थप मसला मिलेको छ । फिल्मको घोषणा सभामा अर्पणलाई पत्रकारले ऋचासँग सहकार्य टुटेको हो ? भन्ने प्रश्न गरे । उनले एउटा फिल्ममा सँगै काम नगर्दा सहकार्य टुटेको भन्नु गलत हुने बताए । उनी भन्छन्, 'काम गर्ने क्रममा कहिले सहकार्य हुन्छ त कहिले हुँदैन । यो ठूलो कुरा होइन ।' 
 
‘घर’, ‘सुनकेसरी’ को सिक्वेल हो ? 
 
यस वर्ष प्रदर्शनमा आएको अर्पण थापा निर्देशित फिल्म ‘सुनकेसरी’ हरर जानराकै थियो । उनले निर्देशन गर्ने नयाँ फिल्म ‘घर’ पनि यही जानराको हो । ‘सुनकेसरी’ रिलिजको अघिल्लो दिन अभिनेत्री तथा निर्मात्री ऋचा र निर्देशक अर्पणले ‘सुनकेसरी’ को सिक्वेल बनाउने घोषणा गरेका थिए । 
 
कतै टाइटल परिवर्तन गरेर ‘सुनकेसरी’ को सिक्वेल ‘घर’ बनाउन लागिएको त होइन ? दुवै फिल्मको जानरा एउटै भएका कारण हरेकको मनमा प्रश्न उब्जन सक्छ । तर, अर्पणले ‘घर’,  ‘सुनकेसरी’ को सिक्वेल नभएको बताए । उनी भन्छन्, ‘सिक्वेल भएको भए  ‘सुनकेसरी २’ भनिहाल्थ्यौं नी, किन ‘घर’ भन्नु पर्थ्यो र ?’ 
 
उनले ‘सुनकेसरी’ को सिक्वेल बन्ने पनि बताए । 'सिक्वेलका लागि अझै केही समय लाग्छ । फिल्म अष्ट्रेलियामा नै खिच्नु पर्ने हुँदा ठूलो लगानी लाग्छ र कलाकारको भिषा पनि त लाग्नु पर्‍यो', उनले भने । अर्पण ‘सुनकेसरी’ को सिक्वेलका लागि हतार नगर्ने बताउँछन् । 
Most Visited News (monthly)