Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

रोहित र दीपकराजको फिल्ममा ‘गोपी’ निर्देशकको एक्सन-कट ?

फिल्मीखबर, काठमाण्डौ, 2018/12/28
कमेडी फिल्म निर्माणमा आफूलाई शक्तिशाली साबित गरेका हास्यकलाकार तथा निर्माता दीपकराज गिरीले नयाँ फिल्ममा ५० प्रतिशत मुनाफा लिने शर्तमा 'गाजलु' निर्माता रोहित अधिकारीसँग टिमअप गरेको छन् । पाँचवटा फिल्म सुपरहिट दिएका उनले यस प्रोजेक्टमा न लगानी गर्नेछन् न त पारिश्रमिक नै लिनेछन् । 
 
 
फिल्ममा निर्माता अधिकारीको एकल लगानी रहनेछ । फिल्म हिट भएको खण्डमा दीपकराजले नाफाको ५० प्रतिशत हात पार्नेछन् । तर, फिल्मले लगानी पनि सुरक्षित गर्न नसकेको खण्डमा उनको मेहनत बालुवामा पानी हालेझैं हुनेछ । आफ्नो टिमको लोकप्रियतामाथि भरोसा गरेर उनले यो जोखिम उठाएका हुन् । 
 
चैत अन्तिम साताबाट छायांकन सुरु हुने फिल्मको अहिले स्क्रिप्टमा काम भइरहेको छ । फिल्ममा दीपकराजकै कथा तथा पटकथा रहनेछ । उनी नै प्रमुख भूमिकामा रहनेछन् । केदार घिमिरे (माग्ने बुढा) पनि फिल्ममा अनुबन्ध भइसकेका छन् । बाँकी कलाकार भने छनोट हुन बाँकी रहेको निर्माता अधिकारीले बताए । 
 
 
दीपेन्द्र लामा
 
फिल्मलाई 'घामपानी' फेम्ड निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्न सक्ने प्रवल सम्भावना रहेको स्रोत बताउँछ । निर्माता अधिकारीले कुरा भइरहे पनि निर्देशक लामा फाइनल नभइसकेको बताए । उनी भन्छन्, 'अहिले हामी छलफलमा नै छौं । फाइनल गरिसकेका छैनौं ।' निर्देशक लामाले पनि अहिले टिमसँग छलफल भइरहेको बताए । 
 
'मैले निर्देशन गर्ने पक्का भएको छैन । केही दिनमा कुरा छिनोफानो हुनेछ', निर्देशक लामाले फिल्मीखबरसँग कुरा गर्दै भने । उनी निर्देशित नयाँ फिल्म 'गोपी' माघ १८ बाट प्रदर्शनमा आउँदैछ । उनी माटो सुहाउँदा फिल्म बनाउन सिपालु मानिन्छन् । 
Most Visited News (monthly)