Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘घर’ घोषणा, अर्पण आफैं निर्देशक आफैं हिरो

फिल्मीखबर, काठमाण्डौ, 2018/12/27
 
भर्सटायल अभिनेता अर्पण थापाले 'मुखौटा', 'आधा लभ' र 'सुनकेसरी' फिल्म निर्देशन गरेर आफूलाई निर्देशकको रुपमा पनि उभ्याइसकेका छन् । तर, अभिनयमा जसरी उनी फिल्म निर्देशनमा जम्न भने सकेका छैनन् । उनी निर्देशित कुनै फिल्मले बक्सअफिसमा सफलताको झन्डा फहराउन सकेनन् । 
 
 
पछिल्लो रिलिज फिल्म 'सुनसेकरी' पछि फेरि उनी निर्देशनमा फर्किएका छन् । उनले निर्देशन गर्ने चौँथो फिल्म हो ‘घर’ । बिहीवार राजधानीमा एक कार्यक्रमका बीच फिल्मको घोषणा गरिएको छ । यसमा उनको लेखन, निर्देशन र अभिनय रहनेछ । फिल्ममा दुई हिरोइन हुने भए पनि छनोट भइसकेका छैनन् । 
 
 
फिल्म हरर जानरामा निर्माण हुने अर्पणले बताए । यसअघि उनी निर्देशित फिल्म 'सुनकेसरी' पनि हरर जानराकै थियो । फिल्मको घोषणा सभामा उनी भन्छन्, ‘‘सुनकेसरी’ मा विदेशी भूत थियो । ‘घर’ मा देशी भूत हुनेछ ।’’ फिल्मले दर्शकलाई पूर्ण रुपमा तर्साउने उनको भनाइ छ । फिल्मलाई डीएस डिजिटलको ब्यानरमा निर्माण गर्न लागिएको हो । 
 
 
फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्दैछिन् । उनलाई लगानीमा सन्तोष अधिकारीले सहयोग गर्दैछन् । कार्यक्रममा बोल्दै डीएस इन्टरटेन्मेन्टका एक सदस्य तथा फिल्म निर्देशक दीपेन्द्र के. खनालले कथावस्तु राम्रो रहेकाले लगानी गर्न लागेको बताए । फिल्मको छायांकन माघको दोस्रो साताबाट सुरु हुँदैछ । 
Most Visited News (monthly)