.jpg)
चैत १ गतेलाई रिलिज डेट लक गरिएको फिल्म ‘जानी नजानी’ को पहिलो गीत सार्वजनिक भएको छ । अर्जुन पोखरेल र दुर्गा खरेलको स्वर रहेको ‘एउटीलाई मुटुमा घर...’ बोलको गीत निर्माण टिमले बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गर्यो ।
.jpg)
अम्बिका शर्माको शब्दमा अर्जुन पोखरेलले संगीत भरेको गीतमा फिल्मका लिड कलाकार मनिष श्रेष्ठ र सुमी मोक्तान फिचर्ड छन् । गीतका कोरियोग्राफर कविराज गहतराज हुन् । गीतको अडियो उम्दा भए पनि भिडियो त्यसअनुरुप बन्न सकेको छैन । कोरियोग्राफी कमजोर देखिन्छ ।
.jpg)
यो फिल्मलाई बसन्त अधिकारीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो । यसअघि उनले दर्जनौं फिल्ममा सह-निर्देशकको रुपमा काम गरिसकेका छन् । उनले आँखालाई नविझाउने किसिमले फिल्म तयार पारेको बताए । अहिलेको पुस्ताले फिल्ममा आफूलाई रिलेट गर्ने दाबी उनको छ ।
.jpg)
फिल्ममा निरिशा बस्नेत, सन्नी सिंह र नम्रता श्रेष्ठ पनि लिड रोलमा छन् । पुराना कलाकार तथा निर्देशक विश्व बस्नेतको छोरी निरिशाले यही फिल्मबाट डेब्यु गरेकी छन् । फिल्ममा प्रकाश अधिकारी, कृष्ण भक्त महर्जन, रोशनी केसी लगायतको पनि अभिनय रहेको छ ।
.jpg)
आधुनिक प्रेमकथामा आधारित भनिएको फिल्मको कथा, पटकथा र संवाद सामिप्यराज तिमिल्सेनाले लेखेका हुन् । फिल्ममा छायांकन संजय लामाको रहेको छ । फिल्मकी प्रस्तुतकर्ता रोशनी केसी हुन् । यसमा मोदनाथ खनाल र सागर काजी मालीको निर्माण रहेको छ ।
गीत हेर्नुहोस् :-

