Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘गोपी’ प्रचारः कविता लेख्नुस्, नगद जित्नुस्

फिल्मीखबर, काठमाण्डौ, 2018/12/27
प्रदर्शन मिति दिनप्रतिदिन नजिकिँदै गर्दा फिल्म ‘गोपी’ टिमले प्रचार-प्रसारलाई चुस्त बनाउन विभिन्न उपायहरु अपनाइरहेको छ । यसबीच फिल्मले कविता प्रतियोगीता आह्वान गरेको छ । निर्माण कम्पनी आरोही इन्टरटेनमेन्ट बुधबार नगद पुरस्कारसहितको कविता प्रतियोगिता घोषणा गरेको हो । 
 
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपैयाँ पुरस्कार दिइनेछ । त्यस्तै सात जनालाई जनही ५ हजार रुपैयाँको सान्त्वना पुरस्कार पनि प्रदान गरिनेछ । प्रतियोगितामा विश्वका जुनसुकै स्थानमा बस्ने नेपालीहरुले भाग लिन पाउने निर्देशक दीपेन्द्र लामाले बताए । 
 
 
उनले भने, 'प्रतियोगितामा भाग लिन उमेरको कुनै हदबन्दी छैन । सहभागीले फिल्मको ट्रेलर हेरेर स्वावलम्बन, स्वरोजगार र परिश्रमको भाव झल्किने कविता लेख्नुपर्नेछ ।' सहभागीहरुबाट प्राप्त कवितालाई दुई कवि उपेन्द्र सुब्बा र नवराज पराजुलीले मूल्यांकन गरेर विजेता छनोट गर्नेछन् । 
 
आगामी माघ ७ सम्म प्राप्त कवितालाई प्रतियोगितामा समावेश गरिने आयोजकले जनाएको छ । माघको दोस्रो हप्ता विजेतालाई पुरस्कृत गर्नेछ । ‘गोपी’ आगामी माघ १८ गतेबाट प्रदर्शनमा आउँदैछ । यसमा सामिप्यराज तिमल्सेनाको पटकथा र शैलेन्द्र डि कार्कीको छायांकन छ ।
 
निमेष श्रेष्ठको सम्पादन रहेको फिल्ममा आरोही केसी निर्माता र श्रीधर पौडेल कार्यकारी निर्माता रहेका छन् । फिल्ममा विपिन कार्की, वर्षा राउत, सुरक्षा पन्त, रमेश अधिकारी, अंकित खड्का, प्रकाश घिमिरे, भोलाराज सापकोटा, सरोज अर्याललगायतले अभिनय गरेका छन् । 
Most Visited News (monthly)