Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्माताको ‘फुड स्टेसन’ मा कलाकारहरुको जमघट

फिल्मीखबर, काठमाण्डौ, 2018/12/26
नेपाली सेलिब्रेटीहरु खानाको निकै पारखी छन् । राजधानीका विभिन्न रेस्टुराँहरुमा स्वदेशीसँगै विदेशी खानामा दैनिक दर्जनौं सेलिब्रेटीहरु रमाइरहेका हुन्छन् । यसबीच नेपालका सेलिब्रेटीहरुको स्वादलाई मध्यनजर गर्दै राजधानीको सिटी सेन्टरमा खानाको विभिन्न परिकार पाइने ‘फुड स्टेसन’ सञ्चालनमा आएको छ । 
 
 
यस ‘फुड स्टेसन’ को काखैमा स्वदेशी र विदेशी फिल्म प्रदर्शन हुने हल विग मुभिज छ । अब फिल्म हेरेर निस्किएका वा हेर्न जाने आम-सर्वसाधारणदेखि सेलिब्रेटीहरुलाई विभिन्न स्वाद र प्रकारको खानाले सबै इन्द्रियलाई सन्तुष्ट दिलाउन थप सहज भएको छ । ‘फुड स्टेसन’ यही डिसेम्बर २१ बाट सञ्चालनमा आएको हो । 
 
उद्घाटन कार्यक्रममा देशका चर्चित कलाकारहरु मदनकृष्ण श्रेष्ठ, सिताराम कट्टेल 'धुर्मुस', केदार घिमिरे 'माग्ने बुढा', जीतु नेपाल 'मुन्द्रे', दीपकराज गिरी, दीपाश्री निरौला, रबिन्द्र खड्का लगायतका कलाकारहरु उपस्थिति भएका थिए । 'नाईन्टीन सेभेन्टी सेभेन फुड स्टेशन' सिटी सेन्टरको चौँथो तल्लामा अवस्थित छ ।
 
उद्घाटनको अवसरमा स्टेशनमा पाइने विभिन्न परिकारहरु कलाकारले खाएका थिए । उक्त अवसरमा ‘फुड स्टेसन’ ग्राहकको सन्तुष्टिमा प्रतिवद्ध रहनेमा कलाकारहरुले बिश्वास व्यक्त गरे । यो ‘फुड स्टेसन’ मा चाईनिज, कोरिएन, कन्टिनेन्टल, बलिवुड बिरयानी, दुबाई क्याफेटेरियासहित विभिन्न स्वाद र प्रकारको खाना र डोमेस्टिक तथा इम्पोर्टेट ब्राण्डका पेय पदार्थ पाइने बताइएको छ ।
 
 
विग मुभिजमा फिल्म हेर्न आउने दर्शकहरुले फिल्मको साथै विभिन्न प्रकारको खानाको मज्जा लिनसक्ने  सञ्चालक मोहन कृष्ण श्रेष्ठले बताए । ‘फुड स्टेसन’ लाई मोहन कृष्ण श्रेष्ठ, वाई. एल. लामा, शैलेस प्रजापती, मनिष राजभन्डारी, महेश कार्की र दिपक जोशीको ग्रुपले सञ्चालनमा ल्याएको हो । श्रेष्ठले 'पूर्नजन्म', 'फूलस्टप', 'वर्षात', 'कन्यादान' लगायतका फिल्म निर्माण गरिसकेका छन् । 
Most Visited News (monthly)