Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दीपेन्द्र र शर्मिलाको लगानीमा ‘घर’ बनाउँदै अर्पण

फिल्मीखबर, काठमाण्डौ, 2018/12/26
अभिनेता अर्पण थापा अभिनयमा मात्र सक्रिय छैनन् । उनले 'मुखौटा', 'आधा लभ' र 'सुनकेसरी' गरि तीन फिल्म निर्देशन समेत गरिसकेका छन् । तर, दुर्भाग्य ! उनले निर्देशन गरेका कुनै फिल्मले बक्सअफिसमा सफलताको झन्डा गाड्न सकेनन् । तीन फिल्मको कथा पनि उनी स्वयंले लेखेका थिए । 
 
फिल्म निर्देशनमा जम्न नसकेपनि उनी अभिनयमा भने पोख्त मानिन्छन् । चरित्र अभिनेतामा उनी अहिलेका सर्वाधिक विकाउ अनुहार हुन् । हाल उनी अभिनेता अनमोल केसी स्टारर फिल्म 'ए मेरो हजुर ३' मा व्यस्त छन् । यसबीच फेरि उनले चौँथो पटक फिल्म निर्देशन गर्ने आँट जुटाएका छन् । 
 
 
उनले निर्देशन गर्ने नयाँ फिल्मको नाम हो ‘घर’ । उनकै कथामा निर्माण हुने फिल्मको बिहीवार राजधानीमा एक कार्यक्रमका बीच घोषणा गरिँदैछ । यसमा उनकै लिड अभिनय रहने बताइएको छ । फिल्म 'आधा लभ' र 'सुनकेसरी' को निर्माता समेत रहेका उनलाई ‘घर’ मा भने दीपेन्द्र के. खनाल र शर्मिला पाण्डेले लगानी गर्दैछन् । 
 
दीपेन्द्र र शर्मिलाको संयूक्त ब्यानर 'डिएस डिजिटल प्राइभेट लिमिटेड' बाट फिल्म बन्न लागेको हो । यसअघि शर्मिला र दीपेन्द्रले दुई फिल्म 'लभ लभ लभ' र 'चंगा चेट' मा सहकार्य गरेका थिए । दीपेन्द्रका अनुसार, अब हरेक वर्ष यो ब्यानरले ४ वटासम्म फिल्म निर्माण गर्नेछ । 
 
‘अब वर्षमा ४ वटासम्म फिल्म गर्ने तयारीमा छौं हामी । ‘घर’ यसैको सुरुवात हो । अर्पणजीले सुनाउनु भएको स्टोरी हामीलाई पनि राम्रो लागेपछि फिल्म निर्माण गर्न लागेका हौं’, निर्देशक दीपेन्द्रले भने । नयाँ सोच, नयाँ कन्सेप्ट र नयाँ कन्टेन्ट भएर पनि आर्थिक रुपमा फिल्म बनाउन नसक्नेहरुलाई लिड गर्ने ब्यानरको लक्ष्य रहेको उनले बताए । 
Most Visited News (monthly)