Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘सिंघम’ र ‘सिम्बा’ बीच ठूलो अन्तर छ : रोहित शेट्टी

एजेन्सी, मुम्बई, 2018/12/26
रोहित शेट्टीको निर्देशनमा बनेको यस वर्षको बहुप्रतिक्षीत बलिउड फिल्म ‘सिम्बा’ २८ डिसेम्बरबाट प्रदर्शनमा आउने तयारीमा छ । २०१८ को अन्तिम हप्ता प्रदर्शनमा आउने यो फिल्ममा रणवीर सिंह र सारा अली खान लिड रोलमा छन् । अहिले फिल्मको गीतसंगीत र ट्रेलरले फिल्मप्रति निकै कौतुहलता जगाएको छ । 
 
निर्देशक रोहित शेट्टी भन्छन्, ‘सिम्बा’ कम्प्लिट इन्टरटेन्मेन्ट प्याकेज हो, जसमा रोमान्स, डान्स, एक्सन, ड्रामा र थ्रिलर छ ।' कतिपय यो फिल्मलाई उनको सुपरहिट फिल्म ‘सिंघम’ सँग कम्पेयर गरिरहेका छन् । तर, उनी यो फिल्म अजय देवगनको ‘सिंघम’ भन्दा धेरै अलग रहेको बताउँछन् । 
 
 
एक अन्तर्वार्तामा उनले भने, ‘यो तेलुगू फिल्म 'टेम्पर' माथि बेस्ड छ । केही प्लट यस्तो छ, जुन एक जस्तै देखिनेछ । यो विल्कुलै नयाँ स्टोरी हो । जब हामी ‘सिंघम’ को प्रमोट गरिरहेका थियौं तब पनि मानिसहरुले यो 'दबंग' जस्तै लागिरहेको बताएका थिए ।’  
 
'यदी अरु कसैले गाडी हावामा उडायो भने मानिसहरु सोच्दछन् कि यो रोहित शेट्टीको फिल्म हो । कुनै अभिनेताले पुलिसको रोल गर्‍यो भने यो फिल्म 'सिंघम' जस्तै लागिरहेको बताउँछन्', उनी थप्छन, 'जबसम्म मानिसहरु 'सिम्बा' देख्दैनन्, उनीहरुलाई थाहा हुँदैन फिल्मको बारेमा ।'
 
‘‘सिम्बा’ देखेर मानिसको दिमागमा ‘सिंघम’ आएको छ भने त्यो राम्रो कुरा हो । किनकी, यो एउटै यूनिभर्सबाट हो । तर 'सिंघम' र 'सिम्बा' को बीचमा निकै ठूलो अन्तर छ । सिंघम एक इमान्दार पुलिस अफिसर थियो तर सिम्बा भ्रष्ट छ । सिंघमको अर्थ सिंह र सिम्बाको अर्थ सिंहको बच्चा हुन्छ । यसकारण हामीले फिल्मको नाम ‘सिम्बा’ राखेका हौं’’, उनले भने ।  
Most Visited News (monthly)