Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

‘भद्रगोल’ टिमसँग मिलेर फिल्म बनाउँदै दीपक-दीपा

फिल्मीखबर, काठमाडौं, 2018/12/26
कमेडी फिल्म बनाउन माहिर मानिने दीपकराज गिरी-दीपाश्री निरौला र टिमले केही वर्षदेखि वर्षमा एउटा मात्र फिल्म निर्माण गर्दै आइरहेको छ । यस वर्षको दशैंमा फिल्म 'छक्का पञ्जा ३' रिलिज भएको थियो । यो फिल्मको सफलतापछि उनीहरु अर्को वर्षका लागि नयाँ नाममा एकसाथ दुई फिल्म बनाउँदैछन् । 
 
आमा सरस्वती मुभिजले दुई फिल्ममा दुई फरक टिमसँग सहकार्य गर्दैछ । पहिलो 'गाजलु' निर्माता रोहित अधिकारीसँग हुनेछ भने दोस्रो हास्यटेलिसिरियल ‘भद्रगोल’ टिमसँग हुने भएको छ । 'गाजलु' निर्मातासँगको फिल्म दशैंमा ल्याउने तयारी भैरहेको छ । यस्तै, ‘भद्रगोल’ टिमसँगको फिल्म चैत अन्तिममा ल्याउने गृहकार्य भैरहेको छ । 
 
 
निर्माता अधिकारीसँग सहकार्य गरेर फिल्म निर्माण गर्ने पक्का भए पनि ‘भद्रगोल’ टिमसँग भद्र सहमती मात्र भएको निर्माता तथा अभिनेता दीपकराज गिरीले बताए । फिल्मीखबरसँग कुराकानी गर्दै उनले भने, 'यसपटक दुई नयाँ फिल्म दुई नयाँ टिमसँग सहकार्य गरेर निर्माण गर्दैछौं । ‘भद्रगोल’ टिमसँग भने अझै छलफलमा नै छौं ।' केही दिनमा औपचारिक सम्झौता हुनसक्ने उनले बताए । 
 
अहिले दुवै फिल्मको स्क्रिप्टमा काम भइरहेको निर्माता गिरी बताउँछन् । उनी स्वयंले दुई फिल्मको एकसाथ कथा तथा पटकथा तयार पारिरहेका छन् । दुवै फिल्ममा 'छक्का पञ्जा' कै कलाकारहरुको अभिनय रहनेछ । 'गाजलु' निर्माताको एकल लगानी रहने फिल्ममा दीपकराज र केदार घिमिरे कलाकारको रुपमा फाइनल भइसकेका छन् । 
 
‘भद्रगोल’ टिमसँगको फिल्ममा भने 'छक्का पञ्जा' र 'भद्रगोल' का कलाकारहरु आमने-सामने हुनेछन् । लगातार 'छक्का पञ्जा' को तीन सिरिज निर्देशन गरिसकेकी दीपाश्रीले नयाँ दुई फिल्मको क्याप्टेनको जिम्मेवारी सम्हाल्ने छैनन् । उनी निर्माताको रुपमा मात्र रहने बताइएको छ । 
Most Visited News (monthly)